पोखरा, १ फागुन । नसर्ने रोगहरुको पहिचानका लागि एक महिने परिक्षण अभियान आजबाट देशैभरी शुरु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्वर ८, नयाँबजारमा अवस्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आयोजित विशेष कार्यक्रममा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री माननीय प्रदिप पौडेलले स्वास्थ्यको परिक्षण गरेर उक्त अभियानको शुभारम्भ गरे ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा संचालित राष्ट्रिय जनसंख्या नीति मस्यौदा तथा जनसङ्ख्या व्यवस्थापन र मिडवाईफरी बिचको अन्तरसम्वन्ध बारे नीति निर्माण एवं सरोकारवालाहरुसँगको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरु, कर्मचारीहरु, संचारकर्मीहरु र अन्य सरोकारवालाहरुलाई लक्षित गरी नसर्ने रोगहरुको पहिचानका लागि एनसीडी मास स्क्रिनिङ कार्यक्रम संचालन गरी १०२ जनाको रक्तचाप मापन, तौल, कम्मरको परिधि र उचाईको नाप गरी रगत तथा पिसाबको नमुना समेत संकलन गरिएको थियो ।
यो अवधिसम्म केही जाँचहरू निःशुल्क गराउन सकिने प्रदेश जनस्वास्थ्य कार्यालय, पोखरा, कास्कीका कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिए । कास्कीमा पनि पाँचवटै स्थानीय तहमा फागुन मसान्तसम्म निःशुल्क परिक्षणको व्यवस्था गरिएको छ ।

‘समयमै नसर्ने रोगको जाँच गराऊँ, दीर्घ जीवन बाँचौँ’ भन्ने नाराका साथ संघीयस्तरबाट अभियान सुरु भएको हो । नेपालमा मृत्यु र अपांगताको मुख्य कारण नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखेर यही फागुन महिनाभरि नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन भएको हो ।
यदि तपाईं ३० वर्षभन्दा माथि उमेरको हुनुहुन्छ भने नजिकैको वा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई यी जाँचहरू गराई आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन सकिनेछ ।
प्रमुख अतिथि स्वास्थ्यमन्त्री पौडेलले भने – ‘नसर्ने रोग भयावह छ । यो अभियानमा चार प्रकारका जाँच गरिनेछ । यो महिनामा स्थानीय तहलाई समेत यसको अभियान चलाउन लागेको छ । जाँच गर्दा कुनै पैसा लाग्दैन । मन्त्रालयले थप स्वास्थ्यकर्मी परिचालन गरेको छ । ३० वर्ष पुगेकाले यो जाँच गर्न सक्नेछन्। नसर्ने रोग थाहा भयो भने मानिस स्वस्थ हुन सक्नेछ र दीर्घ जीवन बाँच्नेछ ।’
यी हुन् निःशुल्क जाँच हुने रोग
मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण)
रक्तचाप (ब्लडप्रेसर) मापन
मिर्गौलासम्बन्धी रोगको जाँच
उचाइ र तौलको आधारमा बीएमआई मापन
सम्बन्धित खबर
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो