पोखरा । तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जग्गा विवादमा स्थानीय प्रभात आलेलाई कुटेका छन् । आले २०१५ सालमा निर्वाचित सांसद स्वर्गीय पदमबहादुर आलेका छोरा हुन्।
फागुन ७ गते राति श्रेष्ठले भीमाद नगरपालिका–६ मालेबगर पुरानो स्कुलस्थित आफ्नै घरमा ५७ वर्षीया आलेलाई कुटपिट गरेका हुन्। अध्यक्ष श्रेष्ठ नेपाली कांग्रेस तनहुँका उपसभापतिसमेत हुन्।
प्रहरीले जाहेरी लिन नमानेपछि बल्ल घटनाबारे सार्वजनिक भएको हो । प्रभातले मंगलबार तनहुँको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा परीक्षण गराएको बताए। जिपी अस्पातलले थप परीक्षणका पोखरा गएर गर्नुपर्ने बताएको उनको दाबी छ।
जग्गा कारोबारमा विवाद भएपछि कुटपिट भएकाे बताइन्छ । सात वर्षअघि पालिका अध्यक्ष श्रेष्ठले उनका दाइको जग्गा किनेर प्लटिङ गरेका थिए । जग्गा कारोबार हुँदा बाटो छोड्ने सहमति भए पनि प्लटिङका क्रममा नछोडिएको भन्दै आले असन्तुष्ट थिए ।
विवाद टुंग्याउन खोज्दा आफूमाथि चोट लाग्ने गरेर कुटेको आलेको आरोप छ। आफूमाथि हातपात गरेपछि प्रतिकार गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए।
कुटाइ खाएका प्रभात बुधबार जाहेरीका लागि इलाका प्रहरी कार्यालय बेलचौतारामा पुगे । दिनभर प्रहरीले जाहेरी नलिएको उनले बताएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विरेन्द्रबहादुर शाहीले कुटपिटको घटनामा पहिले घाउ जाँच गरेर प्रहरीले बुझ्ने काम गर्ने बताए। त्यसपछि प्रक्रिया सुरु हुने उनले बताए।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?