काठमाडौं विश्वको चौथो प्रदूषित सहर बनेको छ । यो समाचार तयार पार्दासम्म काठमाडौंको वायू प्रदूषण १८५ मापन गरिएको छ ।
यसलाई स्वास्थ्यका हिसाबले अस्वस्थ मानिन्छ ।विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरका अनुसार विश्वको सबैभन्दा प्रदूषित सहरमा छिमेकी राष्ट्र भारत पहिलो नम्बरमा छ । भारतको वायु प्रदूषण २२८ एक्यूआई मापन गरिएको छ । यो अति अस्वस्थ सूचकांक हो ।
त्यस्तै दोस्रो नम्बरमा १८२ एक्यूआईसहित चीनको सांघाई सहर परेको छ भने बंगालादेशको ढाका १८६ एक्यूआईसहित तेस्रो नम्बरमा छ ।
नेपालमा भने काठमाडौं उपत्यकाभित्र पनि भक्तपुर सबैभन्दा प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म भक्तपुर १९७ एक्यूआईसहित सबैभन्दा वायु प्रदूषित सहर बनेको हो ।
त्यस्तै, दोस्रो स्थानमा रहेको पोखराको वायु प्रदूषण १९१ मापन गरिएको छ । पोखरा केही हप्तायता वायु प्रदूषित सहरको रूपमा शीर्षस्थानभित्र पर्दै आएको छ ।
वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ । त्यस्तै, ५१(१०० मध्यम, १०१(१५० हुँदा अस्वस्थ, १५१(२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’