काठमाडौं विश्वको चौथो प्रदूषित सहर बनेको छ । यो समाचार तयार पार्दासम्म काठमाडौंको वायू प्रदूषण १८५ मापन गरिएको छ ।
यसलाई स्वास्थ्यका हिसाबले अस्वस्थ मानिन्छ ।विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरका अनुसार विश्वको सबैभन्दा प्रदूषित सहरमा छिमेकी राष्ट्र भारत पहिलो नम्बरमा छ । भारतको वायु प्रदूषण २२८ एक्यूआई मापन गरिएको छ । यो अति अस्वस्थ सूचकांक हो ।
त्यस्तै दोस्रो नम्बरमा १८२ एक्यूआईसहित चीनको सांघाई सहर परेको छ भने बंगालादेशको ढाका १८६ एक्यूआईसहित तेस्रो नम्बरमा छ ।
नेपालमा भने काठमाडौं उपत्यकाभित्र पनि भक्तपुर सबैभन्दा प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म भक्तपुर १९७ एक्यूआईसहित सबैभन्दा वायु प्रदूषित सहर बनेको हो ।
त्यस्तै, दोस्रो स्थानमा रहेको पोखराको वायु प्रदूषण १९१ मापन गरिएको छ । पोखरा केही हप्तायता वायु प्रदूषित सहरको रूपमा शीर्षस्थानभित्र पर्दै आएको छ ।
वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ । त्यस्तै, ५१(१०० मध्यम, १०१(१५० हुँदा अस्वस्थ, १५१(२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु