पशुपतिमा भक्तजनको मोबाइल चोर्ने गोरखाका २ जना १० थान मोबाइलसहित पक्राउ

पशुपतिमा भक्तजनको मोबाइल चोर्ने गोरखाका २ जना १० थान मोबाइलसहित पक्राउ

pakrau

काठमाडौँ । महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आएका श्रद्धालु भक्तजनहरुको मोबाइल चोरी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका ६ घर भई हाल काठमाडौँ महानगरपालिका २६ गोंगबु बस्ने ३१ वर्षीय बिजय मगर, गोरखा बारपाक गाउँपालिका ४ घर भई हाल गोंगबु मै बस्ने ३४ वर्षीय अभिषेक गुरुङ रहेका छन् ।

उनीहरुलाई बुधबार साँझ अस्थायी प्रहरी विट, गुम्बा बालाजुबाट खटिएको प्रहरी टोलीले बिभिन्न कम्पनीका १० थान मोबाइलसहित बालाजु बसन्तनगर गुम्बा नजिकबाट नियन्त्रणमा पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाएकोमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिन को म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds