स्याङ्जाको वालिङ् नगरपालिका – ८ खेलमैदानमा ‘प्रथम पिङ्क सिटी महोत्सव वालिङ् – २०८१’ सुरु भएको छ । ‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ्’ भन्ने नारासहित बुधबारदेखि सुरु भएको पिङ्क सिटी महोत्सव चैत ३ गतेसम्म सञ्चालन हुनेछ ।
सो महोत्सवको उद्घाटन पूर्व मन्त्री तथा नेकपा एमाले सचिव पद्मा कुमारी अर्यालले गरिन् ।
वालिङ् चेम्बर अफ कमर्सको आयोजनामा भएको महोत्सवको उद्घाटन नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने भनिएपनि उनले नभ्याउने भएपछि पूर्व मन्त्री तथा नेकपा एमाले सचिव पद्मा कुमारी अर्यालले गरेकी हुन् ।
महोत्सवमा कृषि प्रदर्शनी, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमलगायत यस प्रदेशका विभिन्न गतिविधिहरु प्रस्तुत गरिनेछन् ।
यहाँ स्थानीय विद्यालय स्तरीय नृत्य प्रतियोगिता, नगर स्तरीय रत्यौली तथा भजन प्रतियोगिता, बृहत काव्य गोष्ठी, स्याङ्जा किड्स डान्स आइडल, पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, प्रचारात्मक टिकटक प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती रहने छन् ।
यसैगरी, कृषि क्षेत्रका समस्या र सम्भावना विषयक बहस अन्तरक्रिया तथा लागूऔषध नियन्त्रण सम्बन्धी बहस अन्तरक्रिया कार्यक्रम, विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संघ संस्थाका मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु, झाँकीहरू समेत प्रस्तुत गरिनेछ ।
महोत्सव प्रवेशका लागि टिकट रु. १०० रहेको छ । विद्यार्थी परिचयपत्रको आधारमा विद्यार्थीलाई रु. ७० को टिकट र ज्येष्ठ नागरिक परिचयपत्रका आधारमा ज्येष्ठ नागरिकलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस्तै, परिचयपत्रका आधारमा एकल महिला र अपांगता भएकालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने पाँच वर्षमुनिका बालबालिकालाई पनि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
यस महोत्सवमा दुई लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब पाँच करोड बराबरको व्यापारिक कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा करिब ६६ लाख १५ हजार रुपैयाँ आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ६० लाख खर्च भई ६ लाख १५ हजार बचत हुने अनुमान गरिएको छ ।
महोत्सवको आम्दानी रकमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसेवा लगायतमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।
र्यालीसहित सुरु गरिएको महोत्सव समुद्घाटनमा विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संघ संस्थाका मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु, झाँकीहरू समेत प्रस्तुत गरिएको थियो ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
बिरुवामा तीन नाल भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जना पक्राउ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
नवौं चरणको वालिङ महोत्सव आजदेखि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो