गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले समतामूलक एवं न्यायपूर्ण समाज निर्माणको बलियो जग शिक्षा रहेको बताएका छन् । चेतनाको संवाहक र बालबालिकाको चौतर्फी विकासको आधारशीला शिक्षा रहेको उनको जोड छ ।
पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कूललले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भट्टले विद्यार्थी केन्द्रित शिक्षाको माध्यमबाट बालबालिकाको क्षमता र प्रतिभाको विकास गर्नु शिक्षाको उद्देश्य रहनुपर्ने बताए ।
‘बालबालिकाको रुची अनुसार वातावरण तयार गरी प्रतिभा प्रस्फुटनको अवसर विद्यालयले दिन सक्नुपर्दछ ।’ उनले भने – ‘शिक्षा क्षेत्रमा नविन प्रविधिलाई आत्मसाथ गर्दै देश सुहाउँदो र मौलिक पहिचानको प्रवर्द्धन गरी असल अभ्यासहरुमा समाहित गर्नु हरेक विद्यालयहरुको अपरिहार्य आवश्यकता हो।’
कुशल व्यवस्थापन, दक्ष शिक्षक र युग सापेक्ष सुधारिएको शिक्षण सिकाई प्रविधि र क्रियाकलापले गुणस्तरीय शिक्षा मिल्ने भन्दै उहाँले शिक्षाको माध्यमबाट समाज विकासमा गरिने हरेक सत्प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धता जनाए।
जिबिएसको उत्पादन राज्यका विभिन्न विशिष्ट पदहरुमा पुगेर सेवा गरिरहेको पाएको बताउँदै उहाँले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्षम नागरिक तयार पार्न महत्वपूर्ण योगदान दिएको यस स्कूलको सफलताको श्रृंखला अघि बढ्दै जाओस् भन्ने कामना पनि गरे ।
छात्रावासको सुविधासहित निश्चित कोटा नै छुट्याएर देशका वर्षेनी करिब २०० विद्यार्थीलाई उत्कृष्टताका आधारमा छात्रवृत्तिसहित अध्ययन गराउँदै आएको विद्यालयले सुगम र दुर्गम क्षेत्र, सम्पन्न र विपन्न परिवारका बीचको खाडललाई पुर्न र बालबालिकाहरुमा सानैदेखि समानभाव जागृत गर्न भूमिका खेलेको भन्दै उनले विद्यालयको प्रशंसा गरे ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’