पोखरा । कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ।
गाउँपालिकाको भिरकोट खेलमैदानमा आयोजित कार्यक्रममा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, झाँकी प्रदर्शन, कृषि तथा जैविक विविधता प्रदर्शनी आयोजना गरियो। कार्यक्रममा महको चाका खाने कार्यक्रम, स्थानीय रैथाने बाली तथा बाख्राको प्रदर्शनी समेत गरिएको थियो।
पुरुष भलिबलमा वडा नम्बर ६ विजेता बन्दै ७७ हजार रुपैयाँसहित उपाधि जित्यो। उपविजेता वडा नम्बर ७ ले ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्यो।
गाउँपालिकाको समृद्धिमा योगदान पुर्याउने सामाजिक व्यक्तित्व, विद्यावारिधि तथा एमडी उपाधि प्राप्त विभिन्न व्यक्तिहरूलाई ‘रुपा रत्न’ सम्मान प्रदान गरिएको थियो।
सम्मानित हुनेहरूमा डा. दिनेश न्यौपाने, कृष्ण पौडेल, प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पंगेनी, सहप्राध्यापक कमला रानामगर, सुर्यप्रसाद तिमिल्सिना, नरहरी रेग्मी, डा. अनिल रेग्मी, अमृत गुरुङ, कालिदास न्यौपाने, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी नवराज सुवेदी र पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी रहेका छन्।
प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, गाउँपालिका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ लगायतले पुरस्कार वितरण तथा सम्मान गरेका थिए । विभिन्न दलका प्रतिनिधिहरूले शुभकामना दिएका थिए।




तस्वीर सौजन्यः गोविन्द सुवेदी/केन्द्रभाग
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो