पोखरा । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको पोखरा नर्सिङ क्याम्पसमा अनेरास्ववियुले प्रतिभा भण्डारीलाई स्ववियु अध्यक्ष पदको उम्मेद्वार बनाएको छ । भण्डारीको नेतृत्वमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले प्यानल तयार पारेको हो । प्रतिभा बी.एस.सी दोस्रो वर्षमा अध्ययनरत छन् ।
प्रत्यक्षतर्फ निर्वाचन हुने सचिवमा अनेरास्ववियुले सलिना श्रेष्ठ र कोषाध्यक्षमा कुसुम गौतमलाई उम्मेद्वार बनाएको छ । सलिना बी.एन.एस प्रथम वर्ष र कुसुम बी.एस.सी तेस्रो वर्षका विद्यार्थी हुन् । अनेरास्ववियुबाट सदस्यमा दिपा आचार्य (बी.एन.एस दोस्रो वर्ष), कोमल रावत क्षेत्री (बी.एस.सी दोस्रो वर्ष), अजिता घर्ती (बी.एस.सी प्रथम वर्ष), हिमानी थारू (बी.एस.सी दोस्रो वर्ष), सचिना सोमै (बी.एस.सी प्रथम वर्ष)उम्मेद्वार छन् ।
समानुपातिकमा निता प्रधान, श्रीषा अधिकारी, मनिका बस्नेत, रुष्ता राउत, आषिका देवकोटा, एन्जीला बराल, प्रतिक्षा पौडेल, उज्वलकुमार यादव, अस्मिता रावल र वचन सेर्मा उम्मेद्वार छन् ।
अध्यक्ष उम्मेद्वार प्रतिभाको स्थायी घर बुटवल शंखरनगर हो । बुटवलकै कालिका मानवज्ञान मा.विबाट कक्षा १२ उत्तीर्ण गरेपछि उनी थप अध्ययनका लागि पोखरा आएकी हुन् । ‘नर्सिङ पेसा बाहिर हेर्दा जति सुन्दर छ त्यहाँसम्म पुग्न लाग्ने मिहिनेत र दुःख निकै धेरै छ,’ प्रतिभाले भनिन्, ‘क्याम्पसभित्र पढिरहँदा हामीले भोग्नुपरेका समस्या समाधानमा हाम्रो विशेष पहल रहन्छ ।’ आफूले नेतृत्व गरेको प्यानल समावेशी भएको र क्याम्पसका सबै तहमा पढ्ने विद्यार्थी आफ्नो प्यानलबाट विभिन्न पदमा उम्मेद्वार रहेकाले जित्नेमा विश्वस्त रहेको उनले सुनाइन् ।
पोखरा नर्सिङ क्याम्पसमा ३ सय ५२ जना मतदाता छन् । यहाँ अनेरास्ववियु र नेविसंघका मात्र उम्मेद्वार छन् ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?