पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने चौतारी संरक्षणमा जुटेका छन्।
लामाचौर निवासी नेपाल सरकारका पूर्व सचिव एवं प्रशासनविज्ञ आचार्य र उनका छोरा राजेशले पोखरा १९ घार्मीस्थित ओमकारेश्वर महादेव मन्दिर परिसरमा वर, पिपल र समी सहितको चौतारी निर्माण गरिदिएका छन्। त्यहाँ पुग्ने भक्तजन र पर्यटकलाई सुविधा पुग्ने र धार्मिक कार्यका लागि महत्वपूर्ण मानिने बोट विरुवाको संरक्षण गर्ने उद्देश्यले चौतारी निर्माण गरिएको आचार्यले बताए। नौ वर्ष अघिको सोच अहिले आएर पूरा भएको छोरा राजेशले बताए। नवनिर्मित चौतारीको धार्मिक परम्परा अनुसार विधि पूर्वक प्रतिष्ठा गरिएको छ। नेपाल सरकारका पूर्व सचिव आचार्य,कान्ती आचार्य राजेश आचार्य र शोभा आचार्य सहित उनको परिवारले चौतारीको प्रतिष्ठा गरेका थिए। करिव ५ लाख रुपैयाको लागतमा वर, पिपल र सम्मी सहितको आर्कषक चौतारी निर्माण गरिएको हो ।

पुरोहित सहित राखेर गरिएको कार्यक्रममा सहभागिले आचार्य परिवारको कार्य ऐतिहासिक र प्राचिन चौतारी र बोट विरुवा संरक्षणमा महत्वपूर्ण रहेको बताएका थिए। आचार्यले मन्दिरको विकास र संरक्षणमा थप सहयोग गर्न आफूहरु तयार रहेको बताउँदै, नयाँ पुस्तालाई चौतारी संरक्षणमा लाग्न आग्रह गरे। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले आचार्य परिवारले गरेको कार्य उल्लेखनीय रहेको भन्दै प्रशंसा गरे। धार्मिक कार्यका नाममा वर, पिपल र सम्मीका रुख मास्ने कार्य भएकोमा चिन्ता व्यक्त गर्दै आचार्य परिवारले यसको संरक्षण गर्न मन्दिर समिति समक्ष आग्रह गरेका छन् । चौतारी निर्माणमा मन्दिर समितिका कोषध्यक्ष तेजेन्द्र पौडेल, पुर्व कोषाध्यक्ष नन्दराज दाहाल, समाजसेवी झपेन्द्र पौडेलले सहजीकरण गरेका थिए।
पोखरा सहित माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलालाई नजिकैबाट नियाल्न सकिने सो परिसरमा मन्दिर तथा चौतारी संरक्षणका लागि विभिन्न विकास निर्माणका कार्यहरू भइरहेका छन्।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’