पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने चौतारी संरक्षणमा जुटेका छन्।
लामाचौर निवासी नेपाल सरकारका पूर्व सचिव एवं प्रशासनविज्ञ आचार्य र उनका छोरा राजेशले पोखरा १९ घार्मीस्थित ओमकारेश्वर महादेव मन्दिर परिसरमा वर, पिपल र समी सहितको चौतारी निर्माण गरिदिएका छन्। त्यहाँ पुग्ने भक्तजन र पर्यटकलाई सुविधा पुग्ने र धार्मिक कार्यका लागि महत्वपूर्ण मानिने बोट विरुवाको संरक्षण गर्ने उद्देश्यले चौतारी निर्माण गरिएको आचार्यले बताए। नौ वर्ष अघिको सोच अहिले आएर पूरा भएको छोरा राजेशले बताए। नवनिर्मित चौतारीको धार्मिक परम्परा अनुसार विधि पूर्वक प्रतिष्ठा गरिएको छ। नेपाल सरकारका पूर्व सचिव आचार्य,कान्ती आचार्य राजेश आचार्य र शोभा आचार्य सहित उनको परिवारले चौतारीको प्रतिष्ठा गरेका थिए। करिव ५ लाख रुपैयाको लागतमा वर, पिपल र सम्मी सहितको आर्कषक चौतारी निर्माण गरिएको हो ।

पुरोहित सहित राखेर गरिएको कार्यक्रममा सहभागिले आचार्य परिवारको कार्य ऐतिहासिक र प्राचिन चौतारी र बोट विरुवा संरक्षणमा महत्वपूर्ण रहेको बताएका थिए। आचार्यले मन्दिरको विकास र संरक्षणमा थप सहयोग गर्न आफूहरु तयार रहेको बताउँदै, नयाँ पुस्तालाई चौतारी संरक्षणमा लाग्न आग्रह गरे। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले आचार्य परिवारले गरेको कार्य उल्लेखनीय रहेको भन्दै प्रशंसा गरे। धार्मिक कार्यका नाममा वर, पिपल र सम्मीका रुख मास्ने कार्य भएकोमा चिन्ता व्यक्त गर्दै आचार्य परिवारले यसको संरक्षण गर्न मन्दिर समिति समक्ष आग्रह गरेका छन् । चौतारी निर्माणमा मन्दिर समितिका कोषध्यक्ष तेजेन्द्र पौडेल, पुर्व कोषाध्यक्ष नन्दराज दाहाल, समाजसेवी झपेन्द्र पौडेलले सहजीकरण गरेका थिए।
पोखरा सहित माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलालाई नजिकैबाट नियाल्न सकिने सो परिसरमा मन्दिर तथा चौतारी संरक्षणका लागि विभिन्न विकास निर्माणका कार्यहरू भइरहेका छन्।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो