पोखरा । इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौर पोखराको स्ववियु नेतृत्वका लागि नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)बाट आदर्श महत क्षेत्रीको नेतृत्वमा टीम चुनावी मैदानमा उत्रिएको छ ।
सिभिल ०७८ ब्याचका आदर्श महत क्षेत्री अध्यक्षको उम्मेदवार रहेका छन् । सचिवमा हरिकृष्ण खड्का, कोषाध्यक्षमा शसिस सापकोटा उम्मेदवार छन् ।
प्रत्यक्ष सदस्यतर्फ सन्दीप शाही, भुवनसिंह ठकुरी, भुवन आचार्य उपाध्याय, नागेन्द्र मण्डल, निकिता पाठक, विजय पाठक र निर्मल पाठक उम्मेदवार छन् ।
डब्लूआरसी निर्माणको भारी, बोक्छ अखिल क्रान्तिकारी मूल नाराका साथ क्रान्तिकारी विद्यार्थीहरु चुनावमा होमिएका छन् ।
अध्यक्षका उम्मेद्वार क्षेत्रीले इञ्जिनियरिङ क्याम्पसमा विद्यार्थीको हकहितको मुद्धा अखिल क्रान्तिकारीको नेतृत्वमा मात्र सम्भव रहेको दाबी गरे ।
उनले भने – ‘हाम्रो संगठनले क्याम्पसमा विद्यार्थीको हक हितको लागि उदाहरणीय कामहरू गर्दै आएको छ । सेनिटरी प्याड भेन्डिङ मेसिन डिस्पोजल मेसिनका साथै अखिल क्रान्तिकारी पुस्तकालयको स्थापना गरेका छौँ ।
२०७३ सालमा भएको स्ववियु निर्वाचन पछि डब्लूआरसीमा निर्वाचन भएको छैन ।

सम्बन्धित खबर
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला