स्याङ्जाको हरिनास गाँउपालिकाले अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । पछिल्लो समय कृषि कर्म प्रति आकर्षण कमी हुँदै जान थालेपछी कृषि कर्ममा आधुनिकतासहित व्यावसायिक कृषक वृद्धि गर्ने लक्ष्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा एक सय दुई वटा हाते ट्याक्टर वितरण गरेको हो ।
वैदेशिक रोजगारीमा युवाहरुको आकर्षणले खेतीयोग्य जमिन बाँझो हुन थालेपछि कृषि पेशामा युवालाई आकर्षण गर्ने हेतुले पालिकाले हाते ट्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष खिम बहादुर मानन्धरले बताए ।
परम्परागत कृषि प्रणाली निकै झन्झटिलो, दु:ख र उत्पादनमा पनि कमि हुने गरेकोले कृषकलाई प्रविधिसँगै अगाडि लैजाने र उत्पादनमा वृद्धि गर्ने पालिकाको लक्ष्य रहेको अध्यक्ष मानन्धरले बताए ।
पालिकाले डिजेल इन्जिन र पेट्रोल इन्जिनको गरी दुई प्रकारका हाते ट्याक्टर वितरण गरेको हो । हरिनासले डिजेल इन्जिन ट्याक्टरको २२ हजार ४७२ रुपैयाँ र पेट्रोल इन्जिन ट्याक्टरको १२ हजार ९७२ रुपियाँ पालिकामा जम्मा गरेका कृषकलाई ट्याक्टर वितरण गरेको हो ।
यहाँको वडा नं – १ मा १९, २ मा नौ, ३ मा १८, ४ मा २३, ५ मा ११, ६ मा चार र ७ मा १८ वटा ट्याक्टर वितरण गरिएको हो । पालिकाले २६ लाख ७५ हजार रुपैयाँ रकम विनियोजन गरेर पालिकाबासी कृषकलाई हाते ट्याक्टर दिएको हो ।
गाउँपालिका अध्यक्ष मानन्धरले ट्याक्टर चलाउन नजान्ने कृषकलाई तालिम दिइने तथा टाढा लैजान असहज हुने कृषकलाई पालिकाको ट्याक्टरमार्फत घर घरमै पुर्याउने प्रतिबद्धता गरे । ट्याक्टर वितरणको समयमा कृषकले हाते ट्याक्टर मर्मतको पनि तालिम र बेला बेलामा अनुगमन गर्नु पर्ने जस्ता माग गरेका थिए ।
परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण तथा उत्पादनमा वृद्धि गर्ने लक्ष्य राख्दै हाते ट्याक्टर वितरण गरेको गाँउपालिकाले सामुहिक खेतीको अवधारणा पनि ल्याउने जनाएको छ ।
यससंगै कृषिमा क्रमश रचनात्मक कार्य अगाडि बढाउने लक्ष्य राखेको पालिकाले कृषकको जिवन स्तर वृद्धि हुने र दिगो विकासमा महत्त्वपूर्ण योग्दान पुर्याउने अपेक्षा रहेको गाउँपालिकाका प्रवक्ता ओम सिग्देलको भनाइ थियो ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
बिरुवामा तीन नाल भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जना पक्राउ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो