गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं : समाजवादी मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति चैत १५ गते काठमाडौंमा विरोध प्रर्दशनसहितको जनसभा आयोजना गरिएको जनाएको छ।
शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै समाजवादी मोर्चाले गणतन्त्रको रक्षाको निम्ति प्रतिगामी र पुर्नउत्थानवादी षड्यन्त्रकाविरुद्ध जनसभा आयोजना गरिएको जनाएको हो।
पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको प्रदर्शनले झस्केको नभइ गणतन्त्रका पक्षधरहरूले जनतासमक्ष त्रुटि स्वीकार गर्दै अघि बढ्न खोजेको जानकारी दिनका लागि जनसभा आयोजना गरेको बताए।
उनले समाजवादी मोर्चा सरकारमा जानका लागि नभइ मुलुकको परिवर्तनलाई जोगाउँदै बलियो बनाउनका लागि गठन भएको स्पष्ट पारे। पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे आफूले टिप्पणी गरेको भन्दै आमनेपाली जनताको मनमा भएको कुरा आफूले मुखरित गरेको धारणा राखे।
‘हिजो मैले जे बोले त्यो पहिल्यैदेखि बोल्दै आएको छु। दरबार हत्याकाण्डका बेला भूमिगत अवस्थामा रहँदा पनि यही बोलेको थिएँ। गणतन्त्रपछिको पहिलो प्रधानमन्त्री बन्दा पनि मैले यही बोलेको छु। छानबिन बनाउन जरुरी छ भनेर मैले त्यतिबेला पनि बोलेको थिएँ। अहिले जुन पुनरुत्थानको विषय उठेकाले अहिले त्यो स्मरण गर्न आवश्यक छ। जनतालाई त्यो लागेको छ भनेर मैले भनेको छु,’ उनले भने।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?