गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं : समाजवादी मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति चैत १५ गते काठमाडौंमा विरोध प्रर्दशनसहितको जनसभा आयोजना गरिएको जनाएको छ।
शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै समाजवादी मोर्चाले गणतन्त्रको रक्षाको निम्ति प्रतिगामी र पुर्नउत्थानवादी षड्यन्त्रकाविरुद्ध जनसभा आयोजना गरिएको जनाएको हो।
पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको प्रदर्शनले झस्केको नभइ गणतन्त्रका पक्षधरहरूले जनतासमक्ष त्रुटि स्वीकार गर्दै अघि बढ्न खोजेको जानकारी दिनका लागि जनसभा आयोजना गरेको बताए।
उनले समाजवादी मोर्चा सरकारमा जानका लागि नभइ मुलुकको परिवर्तनलाई जोगाउँदै बलियो बनाउनका लागि गठन भएको स्पष्ट पारे। पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे आफूले टिप्पणी गरेको भन्दै आमनेपाली जनताको मनमा भएको कुरा आफूले मुखरित गरेको धारणा राखे।
‘हिजो मैले जे बोले त्यो पहिल्यैदेखि बोल्दै आएको छु। दरबार हत्याकाण्डका बेला भूमिगत अवस्थामा रहँदा पनि यही बोलेको थिएँ। गणतन्त्रपछिको पहिलो प्रधानमन्त्री बन्दा पनि मैले यही बोलेको छु। छानबिन बनाउन जरुरी छ भनेर मैले त्यतिबेला पनि बोलेको थिएँ। अहिले जुन पुनरुत्थानको विषय उठेकाले अहिले त्यो स्मरण गर्न आवश्यक छ। जनतालाई त्यो लागेको छ भनेर मैले भनेको छु,’ उनले भने।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह