पोखरा । यही चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन पोखरा नर्सिङ क्याम्पसको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ (ने.वी.संघ) को तर्फबाट रचना पौडेललाई अध्यक्ष पदको उम्मेद्वार बनाएको छ ।
हाल पोखरा ८ सिमलचौरमा बसोबास गर्दै आएकी पौडेल अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ सल्यान कास्की कि स्थाई बासिन्दा हुन् ।
उनले पोखरा गैह्रापाटन स्थीत, कुम्दिनी होम्सबाट एसएलसी उत्तीर्ण गरेसँगै पोखरा नर्सिङ क्याम्पससित जोडिन पुगीन्।
उनले पोखरा नर्सिङ क्याम्पसबाट पिसिएल नर्सिङ र ब्याचलर इन नर्सिङ उत्तीर्ण गरी हाल यसै कलेजमा मास्टरिन नर्सिङ अध्ययनरत रहेकी छिन् र विगत दश वर्षबाट ने.विसंघमा आवद्ध छन् । कलेजले गर्ने प्रत्येक नेविसंघका कार्यक्रममा सामेल हुँदै नेविसङ्घको सदस्य, सचिव हुँदै हाल उनी स्ववियुको सभापतिमा लड्दै छिन् ।
उनको प्यानलमा सचिवमा श्वेता कोइराला, कोषाध्यक्षमा सुष्मा बराल, रहेकी छिन्। साथै प्रत्यक्ष तर्फका उम्मेदवारमा सरस्वती खनाल, मर्टिना थापामगर, किरण सेन, कृति सिग्देल र रुमीता गौतम रहेकी छिन भने समानुपातिक तर्फका उम्मेदवाररुमा नम्रता चापागाई, ममर्ता शर्मा, गीता घले, अञ्जु गौतम, र सञ्चिता दाहाल रहेका छन्।
सम्बन्धित खबर
तनहुँमा बालभिटा खुवाउन सुरु
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम
फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा
मैत्रीपूर्ण भलिबलमा टिम युनिटी र जिएण्डजी विजयी
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध