पोखरा । यही चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन पोखरा नर्सिङ क्याम्पसको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ (ने.वी.संघ) को तर्फबाट रचना पौडेललाई अध्यक्ष पदको उम्मेद्वार बनाएको छ ।
हाल पोखरा ८ सिमलचौरमा बसोबास गर्दै आएकी पौडेल अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ सल्यान कास्की कि स्थाई बासिन्दा हुन् ।
उनले पोखरा गैह्रापाटन स्थीत, कुम्दिनी होम्सबाट एसएलसी उत्तीर्ण गरेसँगै पोखरा नर्सिङ क्याम्पससित जोडिन पुगीन्।
उनले पोखरा नर्सिङ क्याम्पसबाट पिसिएल नर्सिङ र ब्याचलर इन नर्सिङ उत्तीर्ण गरी हाल यसै कलेजमा मास्टरिन नर्सिङ अध्ययनरत रहेकी छिन् र विगत दश वर्षबाट ने.विसंघमा आवद्ध छन् । कलेजले गर्ने प्रत्येक नेविसंघका कार्यक्रममा सामेल हुँदै नेविसङ्घको सदस्य, सचिव हुँदै हाल उनी स्ववियुको सभापतिमा लड्दै छिन् ।
उनको प्यानलमा सचिवमा श्वेता कोइराला, कोषाध्यक्षमा सुष्मा बराल, रहेकी छिन्। साथै प्रत्यक्ष तर्फका उम्मेदवारमा सरस्वती खनाल, मर्टिना थापामगर, किरण सेन, कृति सिग्देल र रुमीता गौतम रहेकी छिन भने समानुपातिक तर्फका उम्मेदवाररुमा नम्रता चापागाई, ममर्ता शर्मा, गीता घले, अञ्जु गौतम, र सञ्चिता दाहाल रहेका छन्।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन