पोखराको पृथ्वीनारायण क्याम्पस (पिएनसी) मा स्ववियू निर्वाचन चैत १० गते गर्ने निर्णय गरिएको छ ।
निर्वाचन समितिका अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले सूचना जारी गरी स्थगित निर्वाचन चैत १० गते बिहान ८ बजेबाट सुरु हुने जानकारी दिएका छन् ।

मंगलरबार निर्वाचन हुन सकेन । मतपत्र छपाईमा त्रुटी गर्दा क्याम्पसमा तनाव अवस्था उत्पन्न भएको थियो । त्यसपछि आज बुधबार बिहानका लागि मतदान गर्ने निर्णय गरिएपनि हिजो साँझ अबेर स्थगित गरिएको थियो ।
संयुक्त प्यानलसहित अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरेको कारणले आज हुने भनिएको मतदान स्थगित भएको निर्वाचन अधिकृत प्रा. डा. पोखरेलले बताए ।
नेकपा एमाले निकट अनेरास्ववियुले दिउँसो अल्टिमेटम सहित दबाब दिएपछि क्याम्पस प्रशासन चुनावको मिति घोषणा गर्न बाध्य भएको अनेरास्ववियुका नेताहरुले बताएका छन् ।
कास्कीका ६ क्याम्पसमध्ये ३ क्याम्पसमा हिजो नै मतदान सम्पन्न भइसकेको छ । पश्चिमाञ्चल इञ्जिनियरि क्याम्पस लामाचौर, वन विज्ञान अध्ययन संस्थान र पोखरा नर्सिङ क्याम्पसमा चुनाव भयो । पिएनसँगै जनप्रिय बहुमुखी क्याम्पस र संस्कृत विद्यापीठमा चुनाव हुन सकेको छैन ।
जनप्रियमा अनिश्चितकालका चुनाव स्थगन भएको छ भने संस्कृतमा पनि चैत १० गते गर्ने मिति तय भएको छ ।
सम्बन्धित समाचारः
पृथ्वीनारायण क्याम्पसमा चुनाव अनिश्चित, निर्वाचन अधिकृत नै चुनाव हुन नदिने तत्त्वको हितमा !
सम्बन्धित खबर
युआरएल हस्पिटलचोकमा शिविर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?