पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गरेका छन्।
अनुगमन क्रममा मन्त्री थापा पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालय तथा महतगौडास्थित श्री जानकी माध्यमिक विद्यालय पुगेर परीक्षाको व्यवस्थापन, विद्यार्थीहरूको उपस्थिति र परीक्षा वातावरणबारे जानकारी लिएका थिए।
मन्त्री थापाले परीक्षा केन्द्रहरू सुव्यवस्थित, मर्यादित र शान्त वातावरणमा सञ्चालन भइरहेकोमा सन्तोष व्यक्त गर्दै परीक्षार्थीहरूको आत्मविश्वास, तयारी र अनुशासन प्रशंसनीय रहेको बताए।
“विद्यार्थीहरू उत्साहित र आत्मविश्वास देखिए, जसले उनीहरूको राम्रो तयारीको संकेत गर्छ। परीक्षा मर्यादित र व्यवस्थित रूपमा सञ्चालन भइरहेकाले सबै पक्षलाई धन्यवाद दिन्छु”, मन्त्री थापाले भने।
उनले सम्पूर्ण परीक्षार्थीहरूलाई सफल परीक्षाको शुभकामना दिँदै परीक्षाको निष्पक्षता, विश्वसनीयता र सुरक्षामा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, उनले परीक्षाका क्रममा कुनै अव्यवस्था हुन नदिन सम्बन्धित निकायलाई सचेत रहन निर्देशन पनि दिएका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर