पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ

पक्राउ

पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ

अख्तियारलाई महानगरको तर्फबाट स्पष्टिकरण दिने र जवाफ पठाउने जिम्मेवारीमा थिए गिरी

kapil giri

पोखरा महानगरपालिकामा  उजुरी फर्छ्यौट गर्ने अख्तियारी पाएका कर्मचारी नै अख्तियारको फन्दामा परेका छन् ।

फाइल फर्छ्यौट तथा समन्वय समितिमा कार्यरत प्रशासकीय अधिकृत कपिल गिरी घुस लिएको रकमसहित पक्राउ परेका हुन् ।

गिरी २५ हजार रुपैयाँ घुससहित बिहीबार दिउँसो साढे ३ बजे पक्राउ परेको  अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले गण्डकन्यूजलाई जानकारी दिए । महानगर कार्यालय बाहिर अख्तियारका कर्मचारीले गिरीलाई घुस रकमसहित पक्राउ गरेको हो ।

पाण्डेका अनुसार अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै गिरीले अर्का व्यक्तिसँग १ लाख रुपैयाँ मागेका थिए । बिहीबार त्यसमध्ये २५ हजारसहित उनी पक्राउ परेका हुन् । उजुरीकर्ता ती व्यक्ति पनि महानगरकै कर्मचारी रहेको बताइन्छ ।

गिरीको जिम्मेवारी पोखरा महानगर र अख्तियार कार्यालयसँग समन्वयकारी भूमिकाको हो । अख्तियारलाई महानगरको तर्फबाट स्पष्टिकरण दिने, वडा तथा शाखाहरूबाट राय प्रतिक्रिया लिएर जवाफ पठाउने काम उनको हो ।

महानगरका अर्का कर्मचारीलाई अख्तियारमा उजुरी परेको छ, म मिलाइदिन्छु भन्दै गिरीले घुस मागेका थिए । गिरीले कृत्रिम उजुरी खडा गरेर तस्वीर, भिडियो नै छ भन्दै झुक्याएर तर्साउँदै रकम मागेपछि ती कर्मचारीले अख्तियारमा उजुरी गरेका थिए ।

निर्दोष छु, मलाई फसाएः गिरी

आयोगको टोलीले मुचुल्का तयार गर्दैगर्दा गिरीले भने आफू निर्दोष रहेको जिकिर गर्न भ्याएका छन् । आफूलाई फसाउनका लागि षड्यन्त्र गरेको उनको कथन छ ।

स्याङ्जाका गिरी यसअघि पुतलीबजार नगरपालिकामा थिए । त्यसपछि पोखरा वडा नं. १७ कार्यालयमा केही समय काम गरेका उनी महानगरमा आएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds