मानवकल्याणका क्षेत्रमा सामाजिक संस्थाको योगदान अनुकरणीयः प्रदेश प्रमुख भट्ट

मानवकल्याणका क्षेत्रमा सामाजिक संस्थाको योगदान अनुकरणीयः प्रदेश प्रमुख भट्ट

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको तेस्रो महाधिवेशन

PP Bhatta Lions M (1)

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक संस्थाले मानव कल्याणको क्षेत्रमा गरेको योगदान अनुकरणीय रहेको बताएका छन । नेपालका लायन्स क्लबहरूले स्वास्थ्य, शिक्षा, प्राकृतिक विपद्का क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको उनले बताए ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको पोखरामा आयोजित तेस्रो महाधिवेशनमा प्रमुख अतिथि भट्टले मानवीय सेवामा समर्पित पवित्र मन भएका व्यक्तिहरु आबद्ध रहेको लायन्स क्लबले गरेको सामाजिक कार्यहरूको प्रशंसा गरेका हुन् ।

‘भूकम्प, बाढीपहिरोजस्ता समस्याले ठूलो धनजनको क्षति पु¥याउने गरेको हुँदा राज्यका साथसाथै सामाजिक संस्थाले पनि प्रकोप न्यूनीकरणमा सहयोग गर्दै आएका छन् । त्यसमा लायन्सको भूमिका पनि अग्रणी रहेको छ ।’ प्रदेश प्रमुख भट्टले भने ।

लायन्स क्लबको मुख्य उद्देश्य नै समाजसेवा रहेको भन्दै उनले स्वयंसेवी व्यक्तिहरु निर्माण गर्न लायन्सको ठूलो योगदान रहेको उल्लेख गरे । ‘समाज व्यक्तिवादी हुँदै गएको बेला लायन्स जस्ता सामाजिक संस्थाले सानो उमेरदेखि नै स्वयंसेवी भावना पैदा गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ ।’ उनले भने – ‘सामाजिक सेवामा लाग्ने व्यक्तिको मूल्यांकन भावी पुस्ताले पनि गर्दछ । जसले समाजमा योगदान पु¥याउँछ, निश्चय नै समाजले त्यो व्यक्ति/संस्थाको मूल्यांकन उच्च रुपमा गर्ने गर्दछ ।’

मानव समुदायलाई सुसंस्कृत, अनुशासित एवं सुयोग्य पात्र बनाउने भूमिकामा हामी सबै लाग्नुपर्नेमा जोड दिँदै भट्टले हरेक मानिसलाई आफ्नो र परिवारसँगै समाज र राष्ट्रका लागि योगदान दिनु पर्छ भन्ने भावना जागृत गराउन आवश्यक रहेको बताए ।

पछिल्लो समय लायन्स क्लबको संगठन विस्तार विशेष रुपमा भएको पाएको बताउँदै उहाँले यो विस्तारबाट समन्वयमा प्रभावकारिता, संगठन विस्तारमा टेवा, अन्तर्राष्ट्रिय सहयोग जुट्ने अवसर एवं सम्भावना र नेतृत्व निर्माण गर्नका लागि थप अवसर सिर्जना गरेको बताए ।

सन् १९१७ मा अमेरिकाको शिकागो शहरमा स्थापित लायन्स अन्तर्राष्ट्रिय १०८ वर्ष लागिसकेको छ । नेपालमा पनि ५४ वर्ष पूरा भएको परिप्रेक्ष्यमा १५ वटा डिस्ट्रिक्ट अन्तर्गत २१ सय भन्दा बढी क्लब र ४४ हजार सदस्य आबद्ध भइसकेका छन् । डिस्ट्रिक्ट ३२५ एम अन्तर्गत देशभर १४० क्लब र ३५ सय बढी सदस्य छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds