धादिङको गजुरी गाउँपालिका–१ स्थित आदर्श बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले आफैं स्ववियु गठन गरेको छ । क्याम्पस प्रशासनले स्ववियु चुनाव नगराएपछि क्रान्तिकारीले ५१ प्रतिशत विद्यार्थीको हस्ताक्षरमा स्ववियु गठन गरेको जनाएको छ।
‘सहमति गर्ने भन्दै क्याम्पस प्रशासनले चुनाव नगराएपछि बहुमत विद्यार्थीको हस्ताक्षरमा हामीले गठन गरेका हौं,’ अखिल क्रान्तिकारी धादिङ जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालले भने ।स्ववियु सभापतिमा गणेश पाण्डे र सुस्मिता बरुवाल उपसभापति, गरिमा लामिछाने सचिव र सुमन डीसी सह-सचिव र कुशल सुवेदीलाई कोषाध्यक्ष चयन गरिएको उनले बताए । उनका अनुसार ६ सदस्य सहित ११ सदस्य स्ववियु गठन गरिएको छ ।
उक्त कार्यक्रममा गजुरी गाउँपालिका प्रमुख गणेशलाल श्रेष्ठ, गजुरी गाउँपालिका वडा नं. १ वडा अध्यक्ष तारा भण्डारी, ५ नम्बर अध्यक्ष गोविन्द लामिछाने, ६ नम्बर अध्यक्ष भक्तबहादुर तामाङ अखिल क्रान्तिकारी धादिङ जिल्ला उपाध्यक्ष सपना दाहाल, जिल्ला सचीव कवि प्रसाद दुलाल र आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उपस्तिथिमा स्ववियु गठन गरिएको हो।
क्रान्तिकारीले आफैं घोषणा गरेपछि आधिकारिकता पाउने नपाउने अन्योल भएको छ । क्याम्पस प्रमुख मुक्तिकला लामिछानेका अनुसार सहमतिका लागि कार्यदल बनाएको थियो। कार्यदलमा पनि सहमति जुटेको छैन ।
सम्बन्धित खबर
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
चितवन दुर्घटना: गर्भवतीसहित मृत्यु भएका ७ मध्ये ६ को सनाखत, यी हुन् २४ घाइते (नामसहित)
नौबिसे–मलेखु सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने
चितवनमा बस र माइक्रो ठोक्किँदा गर्भवतीसहित ७ जनाको मृत्यु, १८ जना घाइते
गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
यो पनि पढौँ
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
चितवन दुर्घटना: गर्भवतीसहित मृत्यु भएका ७ मध्ये ६ को सनाखत, यी हुन् २४ घाइते (नामसहित)