पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु चुनावअन्तर्गत मतगणना जारी छ । आइतबार भएको निर्वाचनको मतगणना सोमबार बिहान ९ बजेबाट सुरू भएको हो ।
जारी मतगणनामा नेकप (एमाले) निकट अनेरास्वविुले सुरूआती अग्रता लिएको छ। २ सय मत गन्दा अध्यक्ष पदमा अनेरास्ववियुका विष्णु पोखरेलले ८७ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेस निकट नेविसंघका सुशील न्यौपानेले ३८, स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले २४, अखिल क्रान्तिकारीका नवीन अधिकारीले १७, संयुक्त प्यानलका तर्फबाट सन्तोष पौडेलले १२ र प्राज्ञिक परिषद्का उम्मेदवार दिप्सन सुरूङले ४ मत प्राप्त गरेका छन्। अ
ध्यक्षका अर्का स्वतन्त्र उम्मेदवार कमल सुवेदीले ९ मत ल्याएका छन् । सचिवमा एमाले अखिलका विराट दुवाडी र कोषाध्यक्ष सन्दीका गुरूङले पनि अग्रता बढाएका छन् ।
पृथ्वीनारायण क्याम्पसमा चैत ५ गते नै स्ववियु निर्वाचन तय भएको थियो । तर मतपत्रमा अखिल छैठौंको मत संकेत गर्ने ठाउँमा कोष्ठक चिह्न नै नभेटिएपछि मतदान रोकिएको थियो। ६ गते गर्ने भनिएकोमा त्यस दिन पनि हुन सकेन ।
आइतबार भएको मतदानमा २८९७ विद्यार्थीले मतदान गरेका थिए। देशकै ठूलो क्याम्पस पिएनमा ९२७० जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी अध्ययन गर्ने देशकै सबैभन्दा ठूलो क्याम्पस पिएनमा नेकपा एमाले निकट अनेरास्ववियुको वर्चश्व कायम रहँदै आएको छ । सुरुआती मत परिणाम हेर्दा विरासतलाई निरन्तरता दिने देखिन्छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर