स्याङ्जामा १९७ क्षयरोगका बिरामी, ७ को मृत्यु

स्याङ्जामा १९७ क्षयरोगका बिरामी, ७ को मृत्यु

chhyaroghh

स्याङ्जा जिल्लाभर १९७ जना क्षयरोगका बिरामी भेटिएका छन् भने सात जना बिरामीको मृत्यु भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय, पुतलीबजार स्याङ्जाका अनुसार आर्थिक वर्ष २०८१/८२ फागुन मसान्तसम्म एक सय ९७ जनालाई क्षयरोग संक्रमण पुष्टि भएको हो । यस्तै, सात जना बिरामीको मृत्यु भएको कार्यालयले जनाएको छ ।

जिल्लाका एघार पालिकामध्ये सबैभन्दा धेरै वालिङ् नगरपालिकामा क्षयरोगका बिरामी फेला परेको कार्यालय प्रमुख केशव चापागाईंले बताए ।

वालिङ् नगरपालिकामा ४४, चापाकोट नगरपालिकामा ३७, भीरकोट नगरपालिकामा ३१, गल्याङ नगरपालिकामा २८, पुतलीबजार नगरपालिकामा १६, बिरुवा गाउँपालिकामा १६, अर्जुनचौपारी गाउँपालिकामा १०, कालीगण्डकी गाउँपालिकामा ७, फेदीखोला गाउँपालिकामा ४, आँधीखोला गाउँपालिकामा ३ र हरिनास गाउँपालिकामा १ जना क्षयरोगका बिरामी रहेको चापागाईंले बताए ।

यस्तै, यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा पुतलीबजारका चार, वालिङ्, गल्याङ र आँधीखोलाका एक/एक जना गरी सात जना क्षयरोग संक्रमीत बिरामीको मृत्यु भएको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds