देशकै धेरै विद्यार्थी अध्ययन गर्ने पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू चुनावको मतगणना जारी छ ।
पछिल्लो मतपरिणाममा पनि एमाले निकट अनेरास्वयिुको प्यानलको अग्रता कायमै छ । ७८६ मत गणना हुँदा अनेरास्ववियुका विष्णु पोखरेलले ३०७ मत पाएका छन् ।
कांग्रेसनिकट नेविसंघलाई भने स्वतन्त्र उम्मेदवारी दिएकी विप्लबी न्यौपानेले उछिनेकी छन् । उनले १४५ र नेविसंघका सुशील न्यौपानेले ११९ मत पाएका छन् ।
अहिलेसम्म कसको कति मत ?
अध्यक्ष
विष्णु पोखरेल (अनेरास्ववियु) ३०७
शुशिल न्यौपाने (नेविसंघ) ११९
विप्लवी न्यौपाने (स्वतन्त्र) १४५
नवीन अधिकारी (क्रान्तिकारी) ६२
सन्तोष पौडेल (संयुक्त प्यानल) ५३
कमल सुवेदी (स्वतन्त्र ) २९
दिप्सन गुरुङ (प्राज्ञिक परिषद) २०
मिलन सुनार (अखिल छैटौं) – ४
सचिव
विराट दुवाडी (अनेरास्ववियु) ३८९
विवेक भट्टराई (नेविसंघ) १५१
मिराज थापा (क्रान्तिकारी) ८०
कोषाध्यक्ष
सन्दिका गुरुङ (अनेरास्ववियु) ३७६
अमिषा यादव (नेविसंघ) १५८
सचिन पौडेल (संयुक्त प्यानल) ८०
मतदानमा २ हजार ८९७ विद्यार्थी सहभागी भएका थिए । क्याम्पसमा ९२७० मतदाता रहेकोमा ३१.२५ प्रतिशत मात्र मत खसेको हो ।
स्ववियु अध्यक्ष पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षका लागि नेविसंघबाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल उम्मेदवार हुन् ।
अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले स्ववियु अध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले भने स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
०६५ पछि यस क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । हालसम्म एमाले निकट अनेरास्ववियुकै वर्चश्व रहँदै आएको छ ।
चुनावी नतिजाका लागि यहाँ क्लिक गर्नुहोस्ः
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर