स्ववियु निर्वाचन [अपडेट]: पीएनमा अनेरास्ववियुको अग्रता बढ्दै, स्वतन्त्रले पछ्याउँदै

मत परिणामः

स्ववियु निर्वाचन [अपडेट]: पीएनमा अनेरास्ववियुको अग्रता बढ्दै, स्वतन्त्रले पछ्याउँदै

bishnu biplabi

पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन)  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा अनेरास्ववियुले अग्रता बढाउँदै लगेको छ । सोमबार राति ११:०० बजेसम्मको नतिजा अनुसार विष्णु पोखरेल नेतृत्वको अनेरास्ववियु प्यानलले सुरुवातदेखिकै अग्रता कायम राखेको छ ।

१ हजार २ सय ८६ मत गणना हुँदा पोखरेलले ४ सय ९४ मत पाएका छन् । उनलाई स्वतन्त्र उम्मेद्वार विप्लवी न्यौपानेले पछ्याइरहेकी छन् । न्यौपानेले २ सय २८ मत पाएकी छन् ।

नेविसंघका सुशील न्यौपाने १ सय ९८ मत ल्याएर तेस्रोमा छन् । अखिल (क्रान्तिकारी)का नबिन अधिकारीले ९३, संयुक्त प्यानलका सन्तोष पौडेलले ९१, स्वतन्त्र उम्मेद्वार कमल सुवेदीले ४९, प्राज्ञिक विद्यार्थी परिषद्का दिप्सन गुरूङले ३४, अखिल (छैठौं)का मिलन सुनारले १२ मत ल्याएका छन् ।

सचिवमा अनेरास्ववियुका विराट दुवाडी अगाडि छन् । कोषाध्यक्षमा अनेरास्ववियुकी सन्दिका गुरूङ अगाडि छन् ।

आइतबार भएको मतदानमा प्रत्यक्षतर्फ २ हजार ८ सय ९७ जना (३१.२५ प्रतिशत), समानुपातिकतर्फ २ हजार ८ सय ९२ जना (३१.१९ प्रतिशत) सहभागी थिए । यस क्याम्पसमा ९ हजार २ सय ७० मतदाता थिए । सोमबार बिहान ९ बजेपछि मतगणना सुरू भएको थियो ।

पृथ्वीनारायण क्याम्पसमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा संघ/संगठन/प्यानल निर्वाचनमा सहभागी छन् । ०६५ पछि यस क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds