काठमाडौँ । काठमाडौँको खड्कागाउँस्थित सडकखण्डमा दुई समूहबीच भएको झगडामा एक युवकको हत्या प्रकरणमा संलग्न १६ जना पक्राउ परेका छन् ।
चैत ११ गते बेलुका साढे सात बजे पुरानो रिसइबीका कारण दुई पक्षबीच भएको झगडामा दोलखाको मेलुङ गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरि नगरपालिका–७ बस्ने २३ वर्षीय अभय (अबे) तामाङको मृत्यु भएको थियो ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ घर भइ हाल काठमाडौँको नागार्जुन–१०, स्युचाटार बस्ने २१ वर्षीय आशिष श्रेष्ठ समेतका व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रड प्रहार गरी घाइते बनाएकामा अबेको उपचारको क्रममा मृत्यु भएको हो।
सो घटनामा संलग्न श्रेष्ठसहित धादिङको गल्छी गाउँपालिका–५ का २१ वर्षीय सुजन तामाङ, काठमाडौंको चन्द्रागिरि–१५ बस्ने २७ वर्षीय राज अर्याल, सिन्धुलीको कमलामाई–११ का २० वर्षीय डेनियल विश्वकर्मा, वाग्मती–५, सर्लाहीका २० वर्षीय निश्चल ब्लोन तामाङ, सुनसरीका १९ वर्षीय सुशान श्रेष्ठ, सिद्धलेक गाउँपालिका–७, धादिङका २३ वर्षीय विनय आलेमगर, ताप्ली गाउँपालिका–७ उदयपुरका २१ वर्षीय खेमराजबहादुर मगर, गोरखा गण्डगी गाउँपालिका–१ का २२ वर्षीय रन्जित श्रेष्ठ छन् ।
यसैगरी ताप्ली गाउँपालिका–७, उदयपुरका २० वर्षीय सांगे तामाङ, काठमाडौंको नागार्जुन–९, स्युचाटार बस्ने २५ वर्षीय अजित बुढाथोकी, सोही स्थानकै २५ वर्षीय रोहित खड्का, नवलपरासी पूर्व, देवचुली नगरपालिका–९ का २० वर्षीय प्रवीन झेडी, तनहुँको व्यास नगरपालिका–१० का १९ वर्षीय गौतमकमल जोगी, सुनसरीको धरान उपमहानगरपालिका– ७ का २२ वर्षीय प्रवेश गुरुङ तथा काठमाडौंको दक्षिणकाली नगरपालिका–१ का २२ वर्षीय डेबिड घले रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भईरहेको छ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु