काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
बुधबार कोटेश्वर भाटभेटनी सुपरमार्केटमा कर्मचारी सम्मान कार्यक्रम आयोजना गरिएको कार्यक्रम बोल्दै उनले यस्तो घोषणा गरेका हुन्। उनले पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने घोषणा गरे ।
यस्तै, चैत १५ गते राजावादीकाे हिंसात्मक आन्दाेलनकाे क्रममा कोटेश्वरको भाटभटेनी सुपरमार्केट लुटपाटको घटना नियन्त्रणमा बहादुरी देखाउने सुरक्षा गार्ड दुल (कृष्ण) प्रसाद पराजुली पुरस्कृत भएका छन्।
उनलाई आज एक कार्यक्रमबीच भाटभटेनी सुपरमार्केटले ५ लाख नगद रुपैयाँ र पाँच ग्रेड बढुवासहित सम्मान प्रदान गरेको हो।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत यही १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड पराजुलीलाई ५ लाख एक हजार एक सय ११ नगद रुपैयाँ पुरस्कार प्रदान गरेका छन्।
उनले पराजुलीलाई पाँच ग्रेड बढुवा गरिएको घोषणासमेत गरेका छन्। पराजुलीसँगै अन्य चारजना सुरक्षा गार्डलाई पनि ५१ हजार एकसय ५१ रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको छ।
गएको शुक्रबार राजावादीहरूको हिंसात्मक प्रर्दशनका क्रममा भएको तोडफोड तथा लुटपाटबाट ८० लाख भन्दा बढीको क्षति भएको सो कम्पनीले जनाएको छ।
राजावादी समूहका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए। त्यसक्रममा सुरक्षा गार्ड पराजुलीले लुटेराहरुलाई लाठी प्रहार गर्दै बाहिर निकालेका थिए।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह