रविको मानवअधिकार हनन भएको भन्दै आयोगमा रास्वपाको उजुरी

रविको मानवअधिकार हनन भएको भन्दै आयोगमा रास्वपाको उजुरी

Rabi-Lamichhane

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउ प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ।

गत चैत २२ गते राति साढे ७ बजे काठमाडौँस्थित निवासबाटै प्रहरीले पक्राउ गर्ने क्रममा लामिछानेको मानव अधिकार उल्लंघन गरेको भन्दै रास्वपाले बुधबार आयोगमा निवेदन दिएको हो ।

बुधबार दलका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीसहितको टोलीले आयोगमा पुगेर लामिछानेलाई पक्राउ गर्ने क्रममा प्रहरीले कानूनी प्रक्रिया पूरा नगरेको र ज्यादती गरेको आरोप लगाएका छन्।

‘प्रहरीले उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट जारी आदेशको प्रति नआउँदै लामिछानेको वैयक्ति अधिकारको रुपमा चीरणहरण गर्ने काम गरेको छ’, उनले भने, ‘आदेश कार्यान्वयन गर्ने अदालतको पत्र नै नआएको अवस्थामा प्रहरी शयन कक्षमै पुगी अनावश्यक धरपकड गरेको थियो ।’
प्रहरीको उक्त कार्यले मानवअधिकारको गम्भीर उल्लंघन भएकाले कारबाही माग गरिएको बुर्लाकोटीले बताए ।

सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । त्यसपछि लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा छुट्न आदेशको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

तर, उच्च अदालतले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति प्रक्रिया पूरा नगरी लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो।

भोलिपल्ट शनिबारको सार्वजनिक बिदा भएकाले दुई रात हिरासतमा राखेर २३ गते मात्रै उनलाई भैरहवा कारागार चलान गरिएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ