पोखरा । नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली युवा नेता माननीय प्रदीप पौडेलले जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालय उडसाईड न्युयोर्क पुगेर अवलोकन भ्रमण एवं स्वर्गीय कोईरालाप्रती श्रद्दासुमन अर्पण गरे ।
सो अवसरमा उनलाई फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले खादामाला लगाई स्वागत गरेका थिए र कार्यसमिति सदस्यहरु सूर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री लगायत नेपाली कांग्रेस नेतागण एंव ने.वि. संघ नेता कार्यकर्ताहरुले माननीय प्रदीप पौडेलज्युलाई स्वागत गर्दै आ–आफ्नो परिचय दिदैं मन्तव्य राखेका थिए।
भेटका अवसरमा माननीय स्वास्थ्य मन्त्रीज्युले आफुले वर्तमान नेपालको स्वास्थ्य मन्त्रालय मार्फत जनतालाई यथासंभव सहज, शुलभ र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागीपरेको र सो महान कार्यका लागी देशविदेशमा रहेका तमाम नेपाली सहयोगी हातहरू र सकरात्मक विचारको खाँचो औंल्याए ।
आफु नेपाल सरकारको स्वास्थ्य मन्त्रीको हैसीयतले संयुक्त राष्ट्रसंघद्वारा आयोजित मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अत्यन्त छोटो समयको कार्यक्रम सहीत अमेरीकाको न्युयोर्क आएको र यसै सीलसीलामा जिपी कोईराला फाउन्डेशन अमेरीकाको कार्यालयको भ्रमण गर्न पाउँदा अति खुशी भएको र गिरीजावावुले भनेझैं सहमती, सहकार्य र एकताले नै निर्धारित उद्देश्य पुरा हुन सम्भव छ भन्ने कुरामा जोड दिए । उनले स्व गिरीजावाबुको एक सच्चा सिपाहीको हैसीयतले आज उनले रोपेको गणतन्त्रको वीउलाई सक्षम बिरूवाको रूपमा मलजल गर्न आफु र सिंगो पार्टी लागीपरेको कुरामा जोड दिए । आज नेपालमा फेरी गणतन्त्र विरोधी शक्ति सल्वलाई रहेको र नेपालमा अस्थिरता एवं अशान्ति फैलाउने चेष्टा गरीएकोमा जोड दिँदै उनले सुशासन र जनप्रिय काम गरेमात्र जनताको प्रतिनिधि हुन सकिने कुरामा आफु विश्वस्त रहेको बताए ।
सो अवसरमा बोल्दै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले अमेरीकामा फाउण्डेशनले गरेका विविध गतिविधिहरुवारे संक्षेपमा व्याख्या गरे । उनले फाउन्डेशनमार्फत कोरोनाकहरदेखी आजसम्म प्रवासी नेपाली डायस्पोरा र अन्य समुदायसँग समेत मिलेर गरीएका सामाजिक कार्यहरुवारे विस्तृतमा बताए ।
उक्त भ्रमणका अवसरमा सामाजिक अभियान्ताहरु अम्बीरराज जोशी, सुजन खनाल, कृष्ण पोख्रेल, मीन खड्का, मीन हमाल, महदत्त कँडेल लगायतका महानुभावहरूको उपस्थिती रहेको थियो। उनीहरुले समसामयिक नेपाली राजनैतिक एवं स्वास्थ्य क्षेत्रमा भएगरेका र भविष्यमा गर्नसकिने विविध सेवा सुविधा विस्तार तथा नयाँ कार्ययोजनाबारे सल्लाह सुझाव दिनुका साथै माननीय मन्त्रीको प्रशंसनीय कार्यसम्पादन र जनप्रिय निर्णयहरुवारे खुशी व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान