ई–सेवाबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ

ई–सेवाबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ

esewa-chori

काठमाडौँ । अनलाइन भुक्तानी प्लेटफर्म ई–सेवाबाट एक करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कन्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भइ काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालिमाटीबाट हिजो मंगलबार पक्राउ गरेको हो ।

उनले विभिन्न फिसिङ लिंकहरू पठाएर ४ हजार व्यक्तिको ई–सेवा अकाउन्टबाट १ करोड २ लाख रुपैयाँ चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले ईसेवा प्रयोगकर्ताहरूलाई एसएमएसमार्फत द अलर्ट, एटी अलर्टजस्ता फिसिङ लिङ्कहरू पठाउँथे । त्यसपछि भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर ईसेवा अनधिकृत पहुँच पुर्‍याउँथे ।

उक्त रकम उनले पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरुमा जम्मा गरेको पाइएको छ ।

अहिले उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ