मकवानपुरमा बस दुर्घटना, १६ जना घाइते

मकवानपुरमा बस दुर्घटना, १६ जना घाइते

Bus Accident GandakNews

हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा यात्रु बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु.२ ख ५९९ न.को बस बिहीबार बिहान सडकबाट १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाइएको छ । उनीहरुको अवस्था मध्यम रहेको छ ।

बस चालक बाराको कोल्बी नगरपालिका– ११ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ