१० वर्ष कैद तोकिएका रामबहादुर बम्जनलाई सफाइ

१० वर्ष कैद तोकिएका रामबहादुर बम्जनलाई सफाइ

bomjan-maitriya

पोखरा । बाल यौन दुरूपयोग मुद्दामा दोषी ठहर भई १० वर्ष कैद तोकिएका रामबहादुर बम्जनले सफाइ पाएका छन् ।

जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरका न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो ।

यसअघि जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । त्यसपछि बम्जनले आफूलाई सफाइ दिन माग गर्दै उच्च अदालतमा रिट दिएका थिए। गत चैत ६ गते उच्चले उनलाई प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो ।

अदालतले सफाइ दिएसँगै उनी सिन्धुपाल्चोक कारागारबाट छुटिसकेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds