पोखरा । नेपाल पत्रकार महासंघ कास्की आयोजनामा अदालती रिपोर्टिङसम्बन्धी तालिम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहयोगमा २ दिनसम्म चलेको तालिममा करिब ८० जना पत्रकारले भाग लिएका थिए ।
प्रमुख प्रशिक्षकमा नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष शिव गाउँले थिए । अनलाइनखबरका प्रधानसम्पादकसमेत रहेका गाउँलेले अदालतमा पत्रकारका लागि आवश्यक समाचारको स्रोत यथेष्ट पाइने भएकाले त्यसको सही सदुपयोग गर्न सुझाव दिए । शनिबार नै कास्की जिल्ला अदालतका अदालत रजिष्ट्रार राजन खनालले मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्मका प्रक्रिया बताए ।
पहिलो दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पूर्वसचिव धर्मराज कुइँकेल र गण्डकी प्रदेश पुस्तक तथा सञ्चार समन्वय महाशाखाका प्रमुख पार्वती लामिछानेले प्रशिक्षण दिएका थिए ।
पत्रकार महासंघ कास्की अध्यक्ष माधव बरालले अदालती रिर्पोटिङमा ख्याल गर्नुपर्ने विषयलाई मध्यनजर गदैै तालिम आयोजना गरिएको बताए । प्रशिक्षार्थीतर्फबाट तिलक पुन र रोजी श्रेष्ठले तालिम फलदायी भएको प्रतिक्रिया दिए । कार्यक्रममा स्वागत माधव रेग्मी र संचालन भूपाल गुरुङले गरेका थिए ।
सम्बन्धित खबर
युआरएल हस्पिटलचोकमा शिविर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?