१३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

१३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

Rape jpg

मकवानपुर । मकवानपुरमा आफ्नै नाबालिक छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन्।

जिल्लाको थाहा नगरपालिकामा आफ्नै १३ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ।

थाहा नगरपालिकाका ३६ वर्षीय ती पुरुषले आफ्नै छोरीलाई पटक/पटक जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय, पालुङमा जाहेरी दर्ता भएको थियो।

उक्त जाहेरीका आधारमा प्रहरी निरीक्षक सविनबाबु अर्यालको नेतृत्वमा खटिएको प्रहरी टोलीले ती पुरुषलाई नियन्त्रणमा लिएको हो।

पीडित बालिकाको अवस्था सामान्य रहेको छ भने उनलाई सेफ हाउसमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ