सुनको मूल्य एकैदिन झण्डै ७ हजार बढ्यो, तोलामा २ लाख नजिक

सुनको मूल्य एकैदिन झण्डै ७ हजार बढ्यो, तोलामा २ लाख नजिक

मंगलबार कायम भएको मूल्य हालसम्मकै उच्च

gold sun chandi

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सुनको मूल्य अझै बढ्ने बढ्ने क्रममा रहेको छ ।

महासंघका अनुसार मंगलबार कायम भएको मूल्य हालसम्मकै उच्च हो ।

यसैबीच, चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ