सरकार ढल्ने हल्ला सुनेर हामी छक्क पर्‍यौं, देउवा र ओलीबीच हिजो फोनमा कुराकानी भयो- डा. आरजु [भिडियो]

राजनीति

सरकार ढल्ने हल्ला सुनेर हामी छक्क पर्‍यौं, देउवा र ओलीबीच हिजो फोनमा कुराकानी भयो- डा. आरजु [भिडियो]

‘सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्र हो’

deuba-arju 1

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार फेरिने कुनै सम्भावना नभएको बताएकी छिन्।

थाइल्यान्ड भ्रमणबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यो विषय हल्ला मात्र भएको बताइन् ।

साथै यो विषयमा समाचार आएपछि बिहीबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबिच टेलिफोनमा कुराकानी भएको उनले खुलाइन् ।

पत्रकारले राखेको जिज्ञासामा भनिन्, “उहाँ  (शेरबहादुर देउवा) राजनीतिक भेट गर्न जानुभएकै होइन । सरकार ढल्ने हल्ला हामीले पनि त्यहीँ सुन्यौँ । अलिअलि इन्टरटेनमेन्टका लागि आएको समाचारजस्तो लाग्यो । सरकार परिवर्तन हुने भए भित्रैबाट हुन्छ । थाइल्यान्ड जानुपर्दैन । हामी पनि यी समाचार हेरेर छक्क पर्‍याैँ, बेलुकाचाहिँ सभापतिज्यू र प्रधानमन्त्रीज्यूको यसबारे कुराकानी (टेलिफोनमा) पनि भएको छ ।’

थाइल्यान्डमा सभापति देउवाको कोहीसँग भेटघाट नभएको आरजुको दाबी छ। गत ७ वैशाखमा गएका देउवादम्पती शुक्रबार फर्किएका हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ