कश्मिर घटनाबारे पूर्वराजाले भने: हिन्दूवादी माथिको आक्रमण निन्दनीय

प्रतिक्रिया

कश्मिर घटनाबारे पूर्वराजाले भने: हिन्दूवादी माथिको आक्रमण निन्दनीय

Gyanendra

पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्बु कश्मीरको पहलगाममा भएको आतङ्ककारी आक्रमणमा ज्यान गुमाएका एक नेपालीसहित सबै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

शनिबार जारी समवेदना सन्देशमा उनले शोकसन्तप्त परिवार र भारत सरकारप्रति गहिरो सहानुभूति प्रकट गरे। “हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्बु कश्मीरमा भएको आतङ्ककारी आक्रमणमा धेरै हिन्दू तीर्थयात्रीको दुखद निधन भएकोमा हामी अत्यन्त दुखी छौँ। एक नेपालीसहित सबै दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारमा आत्मीय समवेदना,” पूर्वराजा शाहले सन्देशमा भनेका छन्।

उनले ‘वसुधैव कुटुम्बकम्’ को सनातन वैदिक मान्यताविपरीत यस्ता जघन्य अपराधलाई धर्मनिषिद्ध पापकर्म ठहर गर्दै कडा निन्दा गरे। “यस्ता घटनाले विश्व समुदाय र हिन्दू समुदायलाई मर्माहत बनाएको छ। यस्ता कृत्यको विश्वव्यापी भर्त्सना हुनुपर्छ,” उनले थपे।

पूर्वराजाले यस्ता आतङ्ककारी घटनाको निन्दा गर्न र विश्व शान्तिका लागि एकजुट हुन सबैलाई आह्वान गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ