पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

jeep-accdient

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् ।

गएराति १० बजेको समयमा असारेबाट ठुलापोखरीका लागि छुटेको लु १ ज २३७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको थियो ।

दुर्घटनामा रैनादेबी छहरा गाउँपालिका १ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको तानसेनमा रहेको युनाईटेड मिशन अस्पताल पाल्पामा उपचार भइहेको छ । अस्पतालका अनुसार चालक रेश्मीको अवस्था गम्भीर छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ