काठमाडौँ । कैलालीमा प्रहरी हिरासतबाट हतकडीसहित भागेकी ५० वर्षीया एक महिला भारतमा पक्राउ परेकी छन्।
प्रहरी कष्टडीबाट फरार ५० वर्षीया मिना शाही दमाइ भारतमा पक्राउ परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
हतकडीसहित भागेकी उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याइँदैछ। मानव बेचबिखन कसुरमा म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्याएका बेला आइतबार दिउँसो शाही भागेकी थिइन्।
अभियुक्त शाहीलाई इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दा चलाएको थियो। वैशाख ४ गते पक्राउ परेकी उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिइन्।
अनुसन्धान गर्न पहिलोपटक ५ गते १० दिनको म्याद थप गरिएको थियो। दोस्रो पटक म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्याइएकी मिना फरार भएकी थिइन्। उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग छ।
शाही हत्कडीसहित अभियुक्त भागेको घटनामा दुई जना प्रहरी कारबाहीमा परेका छन्। अभियुक्तलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराउने प्रहरी सहायक हवल्दार चक्र प्रसाद अधिकारी र प्रहरी जवान लोकराज जोशी कारबाहीमा परेका हुन्।
इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत उनीहरुलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?