काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने नभइ उचित तबरले सम्बोधन गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम थापाले राजनीतिक उपलब्धिकाबीच आम नागरिकको अवस्थामा बदलाव आउन नसकेकाले असन्तुष्टि देखिएकाले हटाउन लागिपर्ने बताएका हुन्।
त्यस्तै उनले आर्थिक गतिविधि संकुचित भइरहेको अवस्थामा केहि कुरालाई सुधार गर्न सके यसलाई सहि दिशातर्फ अघि बढाउन सकिने उल्लेख गरे। उनले एमाले र कांग्रेसको समीकरणलाई निरन्तरता दिइने पनि बताए।
उनले भने, ‘हामी अहिले एमालेसँग सरकारमा छौं, हाम्रो मुख्य प्राथमिकता इकोनोमिमा देखिएका जति पनि समस्याहरु छन्, संकटहरु छन्, त्यसलाई सम्बोधन गर्नु हो। कांग्रेसको तर्फबाट हाम्रो प्रतिबद्धता छ- हामी तलमाथि कुनै पोलिटिकल एड्भेन्चरमा लाग्दैनौं, यसलाई सहज ढंगबाट अघि बढाउँछौं।’
थापाले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने बताए। थापाले भने, ‘सरकारले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ, हामी त रिजल्टमा काम गर्न चाहन्छौं।’ उनले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराए। कांग्रेस र एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि असन्तुष्टि र बेचैनी हटाउनु रहेको बताए।
उद्योग, व्यापार फस्टाउन र निजी क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक कानुन बनाउने उनको भनाई छ।
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’