सुई लगाउनासाथ युवकको मृत्यु, सुई लगाउने ल्याब असिस्टेन्ट फरार

सुई लगाउनासाथ युवकको मृत्यु, सुई लगाउने ल्याब असिस्टेन्ट फरार

mrita fela

कैलाली । कैलालीमा उपचारका क्रममा सुई लगाउना साथ एक युवकको मृत्यु भएको छ ।

सोमबार कैलालीको घोडाघोडी नगरपालिका–८ आमफाँटाका ३५ वर्षीय निरजबहादुर शाहीको मृत्यु भएको हो ।

इन्द्र चौधरी दहितले सञ्चालन गरेको स्थानीय दहित मेडिकलमा उपचारको क्रममा शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।शाही सोमबार बिहान शरीर र छाती दुखेको भन्दै घरबाट आफै मोटरसाइकल चलाएर मेडिकलमा गएका थिए । त्यहाँ जाँच पश्चात ल्याब असिस्टेन्ट टीकापुर नगरपालिका–५ का महावीर चौधरीले सुई लगाइ दिएका थिए ।

सुई लगाएको केहीबेरमै शाहीको मेडिकलमै ज्यान गएको हो । घटना लगत्तै सुई लगाउने चौधरी फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँमा रहेका मेडिकल सञ्चालक घटनापछि घर फर्किएका छन् । मृतक शाहीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ