काठमाडौं । सर्वोच्च अदालतबाट बुधबार जारी गरिएको पत्र अनधिकृतरुपमा काटिएको पाइएको छ । अदालतको प्रशासनले नै इजलासबाट आएको फैसला शैलीमा पत्र लेखेर प्रहरीलाई दिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको खुलेको छ ।
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याउँदै आफूखुसी पत्र काटिएको पाइएको हो । यही पत्रका आधारमा प्रहरीले चौधरीलाई बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको हो ।
२०८० जेठ १४ राष्ट्रपतिद्वारा दिइएको आममाफीको निर्णयविरुद्ध परेको रिट सर्वोच्चमा विचाराधीन छ ।

पत्र नै गलत रहेको भन्दै सर्वोच्च अदालत प्रशासनको बैठक बसी बिष्टले काटेको पत्र खिच्ने गरी अर्को पत्र काटेको छ । विष्टलाई तत्कालै स्पष्टीकरण सोधेर अर्को पत्र काटेर उक्त पत्र फिर्ता लिने प्रक्रिया अघि बढाएको छ ।
सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई रिहा गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेको छ । सर्वोच्चका सह–रजिस्ट्रार अच्युत कुइँकेलले आजै कारागार कार्यालयमा पठाइएको पत्र आधिकारिक नभएको उल्लेख छ।
अनधिकृत पत्र कार्यान्वयन नगरी चौधरीलाई तत्काल थुनामुक्त गर्न कारागारलाई भनिएको छ । पत्रमा भनिएको छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२ । १ । १७ मा कैदमा राख्न पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं.६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’

नक्कली पत्रका आधारमा पक्राउ परेका रेशम आधिकारिक पत्रपछि केहीबेरमा रिहा हुँदैछन् ।
पत्र पठाउने बिष्टलाई हालै प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको अदालतका प्रवक्ता तथा सह–रजिष्ट्रार अच्युत कुईंकेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्टलाई काठमाडौं प्रहरी परिसरको टोलीले सर्वोच्चबाट पक्राउ गरेर लगिएको छ । उनलाई हिरासतमा राखिएको छ ।
प्रारम्भिक स्पष्टीकरणमा विष्टले अपराध गरेको कोही व्यक्ति राजनीति गरेर हिँडेको कर्मचारीले टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै आफूले पत्र काटेको बयान दिएका छन् ।

सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’