काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै ठूलो आन्दोलन हुने बताएका छन् ।
बिहीबार १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आन्दोलनका लागि तयार रहन आग्रह गरे ।
‘मजदुर साथीहरू, तपाईहरू राम्रो तयारीमा जानुस्, हामी छिट्टै हामी ठूलो आन्दोलनमा जानुपर्ने अवस्था छ’, उनले भने । उनले तमाम समस्याका समाधान गर्न पार्टी तयार रहेको बताए । ‘तपाईंहरू विचार गर्नुहोला, समय छिट्टै नै आउँदै छ– एउटा नयाँ आन्दोलन, अभियान, क्रान्तिको । त्यसको नेतृत्व गर्न पार्टी तयार छ’, उनले भने ।
प्रचण्डले सरकारमा जाने रुचि समेत नरहेको जिकिर गरे । ‘हामी अब फेरि एकचोटी यथास्थितिवादीसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन । हामी हाम्रो जनतासँगै ठिक छौँ, वर्गसँगै ठिक छौँ । तपाईंहरू कन्फ्युजनमा नपर्नु होला’, उनले भने ।
सरकारले सुशासनविरुद्ध भ्रष्टाचारको पक्षमा काम गरिरहेको प्रचण्डको आरोप छ । उनले सिंगै राजनीतिक परिवर्तन उल्ट्याउन खोजिएको बताए । उनले कस्तो खालको क्रान्ति गर्ने समय आएको भन्ने चाहिँ व्याख्या गरेनन् ।
प्रचण्डले हालै सकिएको हुलाकी राजमार्गकेन्द्रित अभियानको चर्चा गर्दै पार्टीमा यसले निकै उत्साह थपिएको उल्लेख गरे । अभियानका क्रममा आफूहरु एक करोड जनताकाबीचमा गएको दाबी समेत प्रचण्डले गरे ।
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’