प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले केही महिनाअघिसम्म सोसल मिडियामा खराब रहेको आफ्नो पार्टीको स्थिति अहिले निकै सुधार भएको बताएका छन्।
शनिबार माओवादी किनट तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमति प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै त्यसल जनमतलाई पनि आकर्षित गरेको दाबी गरे।
‘अहिले देशैभरी सक्रियता बढेको छ। सोसल मिडियामा हाम्रो हातल दुई चार महिनासम्म करिब करिब गएगुज्रेको थियो,’ प्रचण्डको भनाइ छ, ‘अहिले हेर्दाहेर्दै साथीहरुले के के गर्नु भएको छ, मलाई सबै टेक्निकल त थाहा छैन। तर, हामी एक नम्बरतिर उकालो लाग्दै छौँ। त्यसले जनमतलाई आकर्षित गर्दै पनि छ।’
पार्टीलाई पनि आगामी चुनावमा एक नम्बर बनाएर छाड्ने भन्दै उनले आफू त्यसका लागि दिनरात लागेको जिकिर समेत गरे।
‘यो सबै परिस्थितिलाई हेरेर हामीले लिएको अठोट, संकल्प २०८४ मा हामी एक नम्बर भएरै छाड्ने हो,’ प्रचण्डले भने, ‘समाजवादी क्रान्तिको आधार तयार पारेरै छाड्ने हो। त्यसकै निम्ति म चाहिँ रातदिन यो पटक चाहीँ जसरी पनि अगाडि जाने भनेर हिँडेको छु।’
अभियान अन्तर्गत आफू जिल्ला जिल्लामा जाँदा मर्निङवाक गर्ने गरेको भन्दै उनले त्यसलाई एउटा मोडेल ठानेर लाग्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिए।
‘मेरो मर्निङवाक पनि तपाईंहरुले हेरिराख्नु भएको छ,’ प्रचण्डले भने, ‘तपाईंहरुले पनि यसलाई मोडेल ठानेर फेरि एकपटक क्रान्तिका लागि आफ्नो जीवन समर्पन गरौँ। मलाई लाग्छ केही समयभत्रि देशको राजनीतिक रंगमञ्चलाई फेरि माओवादीमय बनाउन सकिन्छ। बनाउनै पर्छ।’
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’