प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले केही महिनाअघिसम्म सोसल मिडियामा खराब रहेको आफ्नो पार्टीको स्थिति अहिले निकै सुधार भएको बताएका छन्।
शनिबार माओवादी किनट तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमति प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै त्यसल जनमतलाई पनि आकर्षित गरेको दाबी गरे।
‘अहिले देशैभरी सक्रियता बढेको छ। सोसल मिडियामा हाम्रो हातल दुई चार महिनासम्म करिब करिब गएगुज्रेको थियो,’ प्रचण्डको भनाइ छ, ‘अहिले हेर्दाहेर्दै साथीहरुले के के गर्नु भएको छ, मलाई सबै टेक्निकल त थाहा छैन। तर, हामी एक नम्बरतिर उकालो लाग्दै छौँ। त्यसले जनमतलाई आकर्षित गर्दै पनि छ।’
पार्टीलाई पनि आगामी चुनावमा एक नम्बर बनाएर छाड्ने भन्दै उनले आफू त्यसका लागि दिनरात लागेको जिकिर समेत गरे।
‘यो सबै परिस्थितिलाई हेरेर हामीले लिएको अठोट, संकल्प २०८४ मा हामी एक नम्बर भएरै छाड्ने हो,’ प्रचण्डले भने, ‘समाजवादी क्रान्तिको आधार तयार पारेरै छाड्ने हो। त्यसकै निम्ति म चाहिँ रातदिन यो पटक चाहीँ जसरी पनि अगाडि जाने भनेर हिँडेको छु।’
अभियान अन्तर्गत आफू जिल्ला जिल्लामा जाँदा मर्निङवाक गर्ने गरेको भन्दै उनले त्यसलाई एउटा मोडेल ठानेर लाग्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिए।
‘मेरो मर्निङवाक पनि तपाईंहरुले हेरिराख्नु भएको छ,’ प्रचण्डले भने, ‘तपाईंहरुले पनि यसलाई मोडेल ठानेर फेरि एकपटक क्रान्तिका लागि आफ्नो जीवन समर्पन गरौँ। मलाई लाग्छ केही समयभत्रि देशको राजनीतिक रंगमञ्चलाई फेरि माओवादीमय बनाउन सकिन्छ। बनाउनै पर्छ।’
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह