पोखरा । खुइजरी पोखरा सम्पर्क समाजको नयाँ कार्यसमिति चयन गरिएको छ।
शनिबार सम्पन्न छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट सुबदार खर्क बहादुर फगामिको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।
समाजको उपाध्यक्षमा झम्माया फगामि, सचिवमा लक बहादुर खोरजा, सह–सचिवमा यम कुमारी फगामि, कोषाध्यक्षमा इन्द्रकुमारी पूर्जा र सह–कोषाध्यक्षमा पदम बहादुर पुन चयन भएका छन्।
यस्तै, सदस्यहरुमा देवि फगामि, धनिसा खोरजा, कुसमाया खोरजा, शान्ति फगामि र पूर्ण बहादुर तिलिजा चयन भएका छन्।
अधिवेशनबाट समाजको संरक्षकमा संस्थापक तथा निवर्तमान अध्यक्ष कुल बहादुर फगामि र सल्लाहकारमा कुल बहादुर पुन चयन गरिएको छ ।
दुई जनालाई सम्मान

उक्त कार्यक्रमको अवसरमा समाजले उच्च शिक्षा हासिल गर्ने दुई जनालाई सम्मान गरेको छ ।
समाजका सदस्य कुमार पुनकी श्रीमती पुनम थापा मगर पुन (एमएड) र नव निर्वाचित अध्यक्ष खर्क बहादुर फगामिकी छोरी आशा फगामि (बिबिएस) लाई सम्मान गरिएको हो । उनीहरुलाई दोसल्ला र सम्मान–पत्रले सम्मान गरिएको थियो ।
सम्मानित पुनम पत्रकारिता क्षेत्रमा पनि क्रियाशील छिन् । हाल गण्डक न्यूजमा समाचार संयोजकको रुपमा काम गरिरहेकी उनी फोनिज गण्डकी र नेपाल पत्रकार महासंघ कस्कीका कार्य समिति सदस्यसमेत हुन् ।
यस समाजमा रहेका व्यक्ति तथा उनीहरुको परिवारबाट उच्च शिक्षा हासिल गर्ने सदस्यलाई सम्मान गर्ने समाजको नीति अनुरुप उनीहरुलाई सम्मान गरिएको संस्थापक तथा निवर्तमान अध्यक्ष कुल बहादुर फगामिले जानकारी दिए ।
उनका अनुसार पर्वतको मोदि गाउँपालिका वडा नं. ४ खुइजरी पुर्खौली जन्म थलो भई कास्कीको पोखरा महानगरपालिकामा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्दै आएका सबैलाई समेटेर २०७६ साल बैशाख ७ गते यो समाज स्थापना गरिएको थियो ।
समाजले स्थापना काल देखि नै समाजका व्यक्ति/परिवारमा भैपरि आएका समस्यामा सहयोग गर्नुका साथै उच्च शिक्षा हासिल गर्ने व्यक्तिहरुलाई सम्मान तथा आफ्नो परम्परा र संकृति जगेर्नाका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको उनले जानकारी दिए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?