दैलेखमा चट्याङ्ग लागेर एकै परिवारका तीन जना घाइते, एक जनाको मृत्यु

दैलेखमा चट्याङ्ग लागेर एकै परिवारका तीन जना घाइते, एक जनाको मृत्यु

chatyang photo

दैलेख । दैलेखमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ३१ वर्षीय दशरथ चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार हिजो बेलुका घरमै परेको चट्याङ्ग लागेर एकै परिवारका चार जना घाइते भएका र उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा दशरथको मृत्यु भएको हो ।

मृतक दशरथकी श्रीमती २७ वर्षीया विपना चन्द, ११ वर्षकी छोरी र तीन वर्षका छोरा चट्याङ्ग लागेर घाइते भएका छन् । उनीहरुको दैलेख अस्पतालमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds