धादिङ । धादिङमा एक जना पुरूषको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गजुरी गाउँपालिका–२ डुँडेठाँटी बस्ने ६० वर्षीया चुडामणि कँडेलको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
कँडेल गत वर्षको चैत २७ गते आफ्नै घरमा मृत फेला परेका थिए । दुई तले घरको भुईँतलाको कोठाभित्र रहेको अट्याच ट्वाइलेट र बाथरुमभित्र भुईँमा घाटीमा डोरी कसिएको अवस्थामा कँडेलको शव फेला परेको थियो ।
शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानकै शिलशिलामा प्रहरीले अक्कलबहादुरलाई वैशाख ३ गते पक्राउ गरेको थियो भने पृथलाल र सञ्चलाललाई वैशाख १६ गते पक्राउ गरेको हो । तीनै जना आरोपीलाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो ।
डीएसपी सुवास हमालका अनुसार मृतक चूडामणि कँडेल र श्रीमती सुस्मिता सिलुवालबिच सम्बन्ध राम्रो थिएन । उनीहरूबिच सामान्य बोलचालसमेत बन्द थियो । यसैबिच कँडेलले आफ्नी श्रीमतीलाई मार्ने योजना बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
कँडेलले यसका लागि अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ पनि दिए । प्रजाले नै पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई यो काममा सहभागी गराएका थिए ।
उनीहरूले सुस्मितालाई मार्न पटक–पटक प्रयास पनि गरे । तर, उनीहरूको योजना कहिल्यै सफल भएन । यता, आफ्नो काम नभएपछि कँडेलले पैसा फिर्ता मागेका थिए।
कँडेलले धेरै नै दबाब दिएपछि रिसाएका उनीहरूले कँडेलकै हत्या गर्ने योजना बनाए । त्यसपछि उनको घरमा पुगेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीहरूको साथबाट मृतकको घाँटीमा कसेको डोरी र घटनामा प्रयोग भएको कोदालो बरामद गरेको छ ।
त्यस्तै मृतकको मोबाइलका फुटेका टुक्राहरू, प्रजाको कोठाबाट कँडेलले दिएको १ लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा र जुत्ता र कम्ब्याट हाफ पाइन्ट पनि प्रहरीले बरामद गरेको छ ।
तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा लापसे गरी सवारीसाधन चलाउने चार चालक पक्राउ
देवरले गरे भाउजूको हत्या
स्याङ्जामा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ
वालिङ् घटना: रास्वपा नेता कुटपिटमा संलग्न एक पक्राउ, अन्य व्यक्तिहरुको खोजतलास जारी
पोखराको सिमलचौरबाट लागू औषधसहित ४ जना पक्राउ
१ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
चितवन दुर्घटना: गर्भवतीसहित मृत्यु भएका ७ मध्ये ६ को सनाखत, यी हुन् २४ घाइते (नामसहित)