काठमाडौँ । नेपाल प्रहरीको आधिकारिका वेबसाइट ह्याक भएको छ ।
काजु नामको ह्याकरको समूहले नेपाल प्रहरीको वेबसाइट ह्याक गरेको हो । ह्याकरको समूहले उक्त वेबसाइट ह्याक गरी २० लाख नागरिकका संवेदनशील डेटाहरू चोरीसमेत गरेको छ ।
ह्याकर समूहले ह्याक भएको जानकारी डार्क फोरममार्फत सार्वजनिक गरेको छ । काजु समूहले वेबसाइटबाट चोरेको डेटाहरु बिक्रीमा राखेका छन् । जसको मूल्य ७ हजार अमेरिकी डलर तोकिएको छ ।
साथै ह्याकर समूहले नेपाल प्रहरीको केन्द्रीय रेकर्ड पोर्टललाई मुख्य निशाना बनाएको उल्लेख गरेका छन्। जसमा प्रहरीको आधिकारिक वेबसाइटको ठेगाना (यूआरएल) पनि दिइएको छ । जसमा लेखिएको छ नेपाल प्रहरी गृह मन्त्रालय अन्तर्गत सञ्चालन हुने नेपालको केन्द्रीय कानुन कार्यान्वयन निकाय हो । यसले वेबसाइट एफआईआर दर्ता, उजुरी ट्र्याकिङ, अफिसर डाइरेक्ट्री जस्ता सेवा दिन्छ।
ह्याकरले किन्न चाहने व्यक्तिले सम्पर्कका लागि सेसन आइडी, सिग्नल र क्यूटक्सको ठेगाना समेत उपलब्ध गराएका छन् ।
ह्याकरले चोरी गरेको भनिएको उक्त संवेदनशील डेटाहरूमा नेपाली नागरिकको फोटो, नागरिकता, पासपोर्ट र पर्सन आइडेन्टी फिकेशन इन्फरमेशन (पीआईआई) व्यक्तिगत पहिचान गर्न सक्ने सूचना भएको दाबी गरेका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु