काठमाडौँ । नेपाल प्रहरीको आधिकारिका वेबसाइट ह्याक भएको छ ।
काजु नामको ह्याकरको समूहले नेपाल प्रहरीको वेबसाइट ह्याक गरेको हो । ह्याकरको समूहले उक्त वेबसाइट ह्याक गरी २० लाख नागरिकका संवेदनशील डेटाहरू चोरीसमेत गरेको छ ।
ह्याकर समूहले ह्याक भएको जानकारी डार्क फोरममार्फत सार्वजनिक गरेको छ । काजु समूहले वेबसाइटबाट चोरेको डेटाहरु बिक्रीमा राखेका छन् । जसको मूल्य ७ हजार अमेरिकी डलर तोकिएको छ ।
साथै ह्याकर समूहले नेपाल प्रहरीको केन्द्रीय रेकर्ड पोर्टललाई मुख्य निशाना बनाएको उल्लेख गरेका छन्। जसमा प्रहरीको आधिकारिक वेबसाइटको ठेगाना (यूआरएल) पनि दिइएको छ । जसमा लेखिएको छ नेपाल प्रहरी गृह मन्त्रालय अन्तर्गत सञ्चालन हुने नेपालको केन्द्रीय कानुन कार्यान्वयन निकाय हो । यसले वेबसाइट एफआईआर दर्ता, उजुरी ट्र्याकिङ, अफिसर डाइरेक्ट्री जस्ता सेवा दिन्छ।
ह्याकरले किन्न चाहने व्यक्तिले सम्पर्कका लागि सेसन आइडी, सिग्नल र क्यूटक्सको ठेगाना समेत उपलब्ध गराएका छन् ।
ह्याकरले चोरी गरेको भनिएको उक्त संवेदनशील डेटाहरूमा नेपाली नागरिकको फोटो, नागरिकता, पासपोर्ट र पर्सन आइडेन्टी फिकेशन इन्फरमेशन (पीआईआई) व्यक्तिगत पहिचान गर्न सक्ने सूचना भएको दाबी गरेका छन् ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?