लेखनाथ । त्रिवेणी इन्दरनेशनल कलेज पोखरा २७ ले गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीको सम्मानमा सोमबार स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।
प्रा.डा. तिवारी केहीसमय अघि गण्डकी विश्वविद्यालयको कुलपतिमा नियुक्त भएका थिए । सम्मान कार्यक्रममा बोल्दै कुलपति तिवारीले विद्यार्थीलाई एकेडेमीक कोर्षको समयावधिभर टिकाउन कलेज तथा विश्वविद्यालयलाई चुनौती रहेको बताए ।
पछिल्लो समय विद्यार्थीको भर्ना र कोर्ष समाप्तीसम्म संख्यामा उल्लेख गिराबट आउने गरेको उल्लेख गर्दै, भर्नाकै संख्या कायम राख्ने तर्फ कलेजहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।
कुलपति तिवारीले गण्डकी विश्वविद्यालयलाई प्रविधिमा आधारित शिक्षाको हवका रुपमा विकास गर्ने गरी कार्य प्रारम्भ भएको उल्लेख गर्दै, थप नयाँ कार्यक्रम ल्याउन छलफल गरिएको बताए ।
यसअघि कलेजका प्राज्ञिक सल्लाहकार समेत रहेका कुलपति तिवारीले अनुसन्धानको क्षेत्रमा त्रिवेणी इन्टरनेशनल कलेजलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा कलेजका सल्लाहकार बाबुराम गिरीले कुलपति प्रा.डा. तिवारीले विश्वका विभिन्न विश्वविद्यालयमा अध्यापन गराएको अनुभवले गण्डकी विश्वविद्यालय उत्कृष्ट हुनेमा जोड दिए ।
कलेजका अध्यक्ष सुमन भट्टराईले प्रा.डा. तिवारीलाई सम्मान गर्दै, त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरेको कलेज भए पनि शैक्षिक सुधार र अनुसन्धानको क्षेत्रमा सहकार्य गरेर अगाडी बढ्न सकिने बताए ।
उनले प्रा.डा. तिवारी कुलपतिमा नियुक्त हुँदा कलेजले एकेडेमिक कोर्षमा थप सल्लाह र सुझाव प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम जमरकट्टेलले गण्डकी विश्वविद्यालयमा उपयुक्त व्यक्तिको नियुक्ती भएको उल्लेख गर्दै, विद्यार्थी टिक्ने खालका कार्यक्रम ल्याउन सुझाव दिए ।
कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्राचार्य यदुनाथ आचार्य, सहायक क्याम्पस प्रमख डिल्लीराम पौडेल लगायतले शैक्षिक उन्नयनका लागि सहकार्य गरेर जानु पर्नेमा जोड दिए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो