पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या

अपराध

पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या

कान्छीको हत्या गरेपछि जेठी श्रीमतीलाई म्यासेज पठाएर आत्महत्या !

rishiram-devimaya

पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा-१७ का ऋषिराम बरालले कान्छी श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् ।

घरायसी झगडा परेपछि ५७ वर्षीय बरालले श्रीमती ३७ वर्षीया देवीमाया पराजुलीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

‘दुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बस्नुहुने रहेछ,’ कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ‘घरायसी झगडा रहेछ । श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको अनुसन्धानले देखाएको छ ।’

घटनाको विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए । दम्पत्तिको बालबच्चा नरहेको प्रवक्ता बस्नेतले जनाएका छन् ।

घटना सोमबार मध्यान्ह करिब १२ बजेको हो । देवीमायाको सोमबार नै मृत्यु भएको थियो भने श्रीमान् ऋषिरामको मंगलबार बिहान करिब ७ बजे मृत्यु भएको हो ।

स्थानीयका अनुसार बरालकी कान्छी श्रीमती देवीमायाले ३ वर्षदेखि विरौटा नहरचोकमा फेन्सी पसल सञ्चालन गर्दै आएकी थिइन् ।  ऋषिराम जेठी श्रीमतीलाई छाडेर देवीमायासँग बस्दै आएका थिए ।

जेठीसँग नजिकिएको कान्छीलाई मन नपरेको, जेठीसँग फोटो खिचेको मोबाइलमा देखेपछि झगडा भएको बुझिन्छ । पछिल्लो समय श्रीमान्‌–श्रीमतीबीच घरायसी विवाद बढ्दै गएको थियो ।

देवीमायाको घाँटीमा र अनुहारमा चोट लागेको छ । बराल भेटिएको स्थानमा मेटासिट नामक विषादीको डिब्बा र चक्कू भेटिएको थियो । उनीहरूको शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

कान्छीको हत्या गरेपछि जेठी श्रीमतीलाई म्यासेज पठाएर आत्महत्या गरेको बताइन्छ । त्यसपछि जेठी श्रीमतीले घरमा आफन्त पठाउँदा देवीमाया रक्ताम्मे भेटिएका थिए भने श्रीमान् घाइते अवस्थामा भेटिएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds