पर्सा । पर्सामा विवाहको विषयमा विवाद हुँदा हत्या गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–५ घर भएका ३६ वर्षीय सिकेन्द्रप्रसाद चौहान छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।
पोखरिया– ६ श्रीसियाका ३३ वर्षीय धर्मेन्द्रप्रसाद चौहानको पोखरिया– ५ सतवरियाकी निशा कुमारी चौहानसँग ४ वैशाख २०७६ मा विवाह भएको थियो । विवाह सम्पन्न भएपछि बेहुली बिदाइ गर्न नमानेको विषयमा केटा पक्ष र केटी पक्षबीच विवाद भएको थियो ।
यही रिसइबीलाई लिएर ९ वैशाख २०७९ को दिउँसो २ बजेतिर पोखरिया– ४ वाल उद्यान अंग्रेजी बोर्डिङ स्कुलको प्राङ्गणमा आपसमा झगडा भएको थियो ।
झगडाको क्रममा बेहुलाका बुवा शंकर प्रसाद महचो चाइको टाउकामा गम्भीर चोट लागेको थियो । उनको उपचारको क्रममा ११ असार २०७९ मा काठमाडौंस्थित शहिद गंगालाल अस्पतालमा मृत्यु भएको थियो ।
बेहुला पक्षबाट दिएको किटानी जाहेरीका आधारमा प्रहरीले तीन वर्षपछि सिकेन्द्रलाई पक्राउ गरेको हो। पोखरिया नगरपालिका ५ सतवरियाबाट उनी पक्राउ परेका हुन्।
सिकेन्द्र विरुद्ध कर्तव्य ज्यानको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’