पोखरा । २५६९ औं बुद्ध जयन्तीको अवसरमा बैदाम तामाङ सेवा समाजले प्रवचन कार्यक्रम गर्ने भएको छ । बैशाख २७ गते शनिबार पेमा धेछेन्लिङ गुम्वा लेकसाइड खहरेमा कार्यक्रम हुने समाजका अध्यक्ष ज्याक तामाङले बताए ।
पोखरामा आयोजित बुद्ध जयन्ती मुल समारोहकै साप्ताहिक कार्यक्रम अन्र्तगत प्रबचन हुन लागेको तामाङले जानकारी दिए । गौतम बुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाण प्राप्त त्रियोग परेको दिन बैशाख पुर्णिमा बुद्ध जयन्तीको अवसरमा खेम्पो आचार्य सम्तेन लामाज्युबाट गुम्बामा बुद्ध प्रवचन हुन लागेको हो । विहान ७ बजेबाट शुरु हुने प्रवचन कार्यक्रममा गण्डकी प्रदेशका युवा, सामाजिक तथा खेलकुद मन्त्री विन्दुकुमार थापा प्रमुख अतिथी रहने आयोजकले जनाएको छ ।
यस अघि साप्ताहिक कार्यक्रम अन्र्तगत साइकल र्याली, शुभकामना र्याली, प्राण दान, धर्मदेशना, गणचक्र पुजा, रक्तदान, भोजनदान, फलफुल वितरण कार्यक्रम सम्पन्न भइसकेको छ ।
पोखरामा वि.सं. २०१० को दशकको अन्त्यबाट बुद्ध जयन्ती मनाउनृ परम्पराको थालनी भएको हो । पोखरा क्षेत्रमा २०६० सालदेखि सामुहिक रुपमा बुद्ध जयन्ती मनाउन थालिएको हो ।
सम्बन्धित खबर
पोखरामा २ सय ९९ जनाको निशुल्क आँखा परीक्षण
ब्रिटिस क्याम्पमा जेपी क्रसको १०० वर्ष जन्मोत्सव
पोखरामा १ करोड ३० लाख बराबरको हिरा र सुनका गरगहनासहित दुई जना पक्राउ
एसओएस हर्मन माइनर स्कुलमा योग प्रशिक्षण
एगा पोखराको कच्चा पदार्थ सम्बन्धी जानकारी तथा सीप विकास तालिम सम्पन्न
‘घुमौँ पूर्व’ कार्यक्रम लिएर कोशीका पर्यटन व्यवसायी पोखरामा
यो पनि पढौँ
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
चितवन दुर्घटना: गर्भवतीसहित मृत्यु भएका ७ मध्ये ६ को सनाखत, यी हुन् २४ घाइते (नामसहित)