कर्णालीमा नुहाउने क्रममा १६ वर्षीय किशोर बेपत्ता, खोज्न गोताखोर परिचालन

कर्णालीमा नुहाउने क्रममा १६ वर्षीय किशोर बेपत्ता, खोज्न गोताखोर परिचालन

karnali river

पोखरा । कर्णाली नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन्।

नरहरी गाउँपालिका–१ कोटवारी बस्ने १६ वर्षका विराज विष्ट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार कालिकोटको पचालझरना गाउँपालिका–८ स्थित कर्णाली नदीमा नुहाउने क्रममा विष्ट बेपत्ता भएको हो ।

बेपत्ता व्यक्तिको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ।

उनी बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोटलाई जानकारी गराएपछि सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ५ जना गोताखोरसहितको टोली खटिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ